बजेट संशोधन प्रस्ताब पारित गर्दै नगर सभा सकियो,अव पालिका बोर्डमा स्थानीय सरकार लेखिने(भिडियो सहित)

धरान । धरान उपमहानगरपालिकाको १२ औ नगर सभा कुनै विधेक पेश नभै संशोधन बजेट प्रस्ताव पारित गर्दै सकिएको छ ।

चालु आर्थिक वर्षको मध्य भागमा बजेटको विश्लेषण गर्दै रकामान्तरण प्रस्ताव उप मेयर आईन्द्र बिक्रम बेघाले सभामा पेश गरेका थिए । विशेषगरि रकमान्तरणमा बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको लागि अपुग भएको भन्दै तिन लाख रुपैया रकमान्तरण गरिएका थिए । बुढा सुब्बा गोल्डकपको लागि सुबास राई स्मृतिलाई छुट्याएको बजेटबाट थपिएका थिए ।

सभामा बुढासुब्बा गोल्डकपलाई मात्र बजेट बढाएर अन्य खेलकुद बिकासमा बजेट नछुट्याउदा अन्य खेलकुदको बिकास कसरी हुने भनेर नगर सदस्यले प्रश्न गरेका थिए । खेलकुद शिर्षकसंगै स्वास्थ्य महाशाखा,वन वातावरण विपद व्यावस्थापन,न्याय तथा कानुन,सुशासन तथा संस्थागत विकास लगायतको शिर्षक रकमान्तरण प्रस्ताव पेश गरेका थिए । प्रस्तावित मस्यौदालाई नगर सभाले पारित गरिएको छ ।

सभामा प्रदेश सभा सुनसरी १ क का सांसद रमेश बस्नेत र ख का सांसद बिजयको आतिथ्य रहेका थिए । सुन्ने समयमा केहि सदस्यहरुले प्रश्न उठाएका थिए । मेयर साङ्पाङले प्रश्नको जवाफ दिएपछि सभा सम्पन्न भएका थिए । सुन्ने समयसंग संविधानले परिकल्पना गरेको तिन तहको सरकार भनिएको भए पनि धरान उपमहानगर कार्यपालिका मात्र रहेको भन्दै पालिकाको बोर्डमा स्थानीय सरकार लेख्ने प्रस्ताव मेयर साङ्पाङले राखेका थिए । प्रस्तावपछि कानुनी कुराको छलफल भएपछि अव धरान उपमहानगर पालिकाको बोर्डमा स्थानीय सरकार लेखिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित