चतरा (सुनसरी ) । सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका स्थित चतरा अस्पतालमा कार्यरत चिकित्सकहरुले सामुहिक राजिनामा दिएका छन ।
अस्पताल व्यावस्थापन समितिलाई संबोधन गर्दै सबै चिकित्सकको बुधबार राजिनामा दिएका छन । राजिनामा पत्रमा माघ ११ गते ड्युटीमा खटिएका ओपिडिका चिकित्सकमाथि सेवाग्राहीबाट दुव्र्यवहार भएको उल्लेख छ । जसबाट सबै चिकित्सक त्रसित भएको पनि उल्लेख छ । आफ्नै कार्यकक्षमा नै असुरक्षित महसुस भएको भन्दै सामुहिक राजिनामा दिएको जनाएको छ ।
राजिनामामा हस्ताक्षर गर्नेहरुमा डा. विवेक वर्मा,डा. विकास दास,डा.सुरज थापामगर,डा. विष्णु भण्डारी रहेका छन ।
Discussion about this post