तिन दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर

संखुवासभा । संखुवासभा जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाको वडा नम्बर २ र ४ को हिमशिखर सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।

गत तिन दिनदेखि सल्केको आगो घुक्मु,रुकुमा नामुछिको सिरानतर्फ बढ्दै गएको कुरा भोटखोला गाउँ पालिकाका प्रमुख वाङछेदर लामाले जानकारी दिए । उनले भने – “अव हप्ता दिन लाग्छ ।” अझ सो डढेलो घुक्मुतर्फ बढ्दै गएको बताए । अव आगो नियन्त्रण गर्न नस्क्ने बताए । जबसम्म पानी पर्दैन डढेलो लाग्ने बताए ।

डढेलो नियन्त्रण गर्न हिमशोखर सामुदायिक वनका उपभोक्ता स्थानीय लागिपरेका छन । तर नियन्त्रण गर्न सकिएको छैन । जसका कारण वन जंगल बिनास भैरहेको छ । डढेलोले माक्पालुङ डाँडामा रहेको नेपाल टेलिकमको टावरमा समेत क्षति पुग्ने स्थानीयको चिन्ता छ । बटुवाले सल्काएको अनुमान गरिएको डढेलो कस्ले सल्काएको भन्ने अझै एकिन गर्न सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित