पाँचबुदे माग सहित सुकुम्बासी पुगे गृहमन्त्री र शहरी बिकास मन्त्री कहाँ

भोटखोला गाउँपालिका संखुवासभाको सिभिल इन्जिनियरको बिज्ञापन

काठमाडौ । नेपाल सरकारका गृहमन्त्री रवि लामिछानेलाई देशभरका सुकुम्बासी,भुमिहिन अव्यवस्थित बसोबासिको न्यायका लागि छानबिन गरि उचित व्यवस्थापन गर्न पाँचबुदे माग सहितको ध्यानाकर्षणपत्र बुझाउन संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल सिंहदरबार पुगेको छ ।

सरकारमा आबद्ध तथा प्रतिपक्षी दल एमाले, माओवादी, काङ्ग्रेस,जसपा,राप्रपा लगायत पार्टीकाभातृसंगठन र स्वतन्त्र संघ सस्था र संगठनहरु साझा छाता मोर्चाको रुपा रहेर सुकुम्बासी भुमिहिन अव्यवस्थित बसोबासिहरुको अधिकारको निम्ति आन्दोलनरत संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले नेपाल सरकारका गृहमन्त्री रवि लामिछानेलाई सुकुम्बासी मुक्त राष्ट्र निर्माणकार्यका लागी भन्दै बैकल्पिक व्यवस्थापन गरेर देशभरका सुकुम्बासी भुमिहिन अव्यवस्थित बसोबासिहरुको हकाधिकार सुनिस्चित गर्न गराउन माग राखेर पाँच बुदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षणपत्रमा क्रमशः
१) नागरिकको सुरक्षित बसोबासको हक अनुसार जबर्जस्ती बस्ती उठिबासको प्रतिरक्षा गर्ने क्रममा भुमी अभियान्ता माथी लगाइरहेको जाहेरी निसर्त फिर्ता गरियोस् ।
२ )भु स्वामित्व समेतको स्थायी विकल्प बिनाको उठिबास सूचना सदाको लागि बन्द गरि नेपालको संबिधान २०७२ धारा ३७,३८,४० र भुमि सम्बन्धि आठौं संसोधन ऎन अनुसार सुकुम्बासी तथा अव्यवस्थित व्यवस्थापन गरियोस् ।
३) राष्ट्रिय भुमि आयोग र स्थानीय तह बीच भएको सम्झौतालाई कार्यनयनका लागि संघीय संसद बाट दबाब गरियोस् र सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व हुने गरि सरकार बाट गठित समितिहरुमा मोर्चालाई सहभागी गरियोस् ।
४) सुकुम्बासी बिकाशका बाधक नभई बिकाश निर्माणका साधक भएकाले समस्यालाई पुर्ण रूपमा समाधान गरि सुकुम्बासी मुक्त राष्ट्र घोषणा गर्नेगरी समाधान गर्न वार्ता र सम्वादको ढोका खुल्ला गरियोस् ।
५) जनताको सुरक्षाको जिम्मेवारीमा पर्ने संघ,प्रदेश र स्थानीयबाट बर्षौदेखि बसोबास गर्दै आएका सुकुम्बासीको रक्षागरि दिनुहुन माग गर्दछौं , पत्रमा भनिएको छ।

ध्यानाकर्षण पत्र बुझेपछि गृहमन्त्री रवि लामिछानेले जटिल मुद्दा मध्ये सुकुम्बासी मुद्दा एक हो यसका लागि सरकार गम्भीर रहेको छ सुकुम्बासी गरिबहरुको अधिकारका लागि सरकार प्रतिबद्ध रहनेछ , काम गरिरहेकाछौ सुकुम्बासी लगायत सबैका माग मुद्दामा कसैलाई पनि अन्याय हुन दिन्नभन्दै सुकुम्बासीलाई ढुक्क रहेर बस्ने भनेका छ्न ।

मन्त्री लामिछानेको भनाइ पछी मोर्चाका नेताहरुले मंसिर १२ गते काठमाडौं महानगरले थापाथलीमा सुकुम्बासीहरुको जबर्जस्त घरटहरा भत्काउनु आउदा जनताको प्रतिरक्षा गर्न लागेका मोर्चाका चार जना नेतामा लगाएको झुट्टा मुद्दालाई तत्काल खारेज गर्न गराउन अनुरोध गरेको बिसयमा गृहमन्त्री लामिछानेले त्यो विषय जानकारी छ यसलाई समेत छलफल गरि कसरी समाधान गर्न सकिन्छ भन्ने बिसयमा गम्भीर रहेका छौं कसैको अधिकारको निम्ति न्याय मर्न नदिने वचन दिएकाछ्न।

त्यस्तै शहरी मन्त्री विक्रम पाण्डेलाई पनि भेटी मोर्चाले ध्यानाकर्षण पत्र बुझाएको छ मन्त्री पाण्डेले आफू भखरै आएकोले काम गर्न पाएको छैन सबैकुरा बुझ्दै छु सुकुम्बासीको बिसयमा आफू निकै जानकार छु । भासणले हुदैन काम गर्नुपर्छ मैले सुकुम्बासी कहाँ एकदिन आएर खाना खान्छु पनि र काम पनि गर्छु बर्षौ सुकुम्बासीहरुको खाना खाएर भोट पाएर पद पाउँदा काम गर्न सकेनन् बरु उल्टो डोजर लिएर आए सुकुम्बासी माथि अन्याय भएको अनुभुती गरेको व्हुउ अब म काम गर्छु तपाईहरुको ध्यानाकर्षण बुझे सुकुम्बासी समस्या राष्ट्रको समस्या हो एक महिना भित्रमा म तपाइहरु संग हुनेछु तपाइहरुकै साथमा छु तर समस्या समाधानका लागि सरकार र सुकुम्बासी दुबै इमानदारी हुनुपर्छ बताएका हुन ।

यसैगरी मोर्चाले भुमी सुधार मन्त्री राजेन्द्रकुमार राइलाई समेत भेटी ध्यानाकर्षण बुझाइ सकेको मोर्चाका सल्लाहकार दल मर्दन कामीले बताए उनका अनुसार भेटमा मन्त्री राइले सरोकार वालाहरुले जनताले मतदिएर सरकारमा पुर्याएका हौ जनताको काम गर्नै भनेर जनताले जिताएका हुन सरकार सुकुम्बासीहरुको अधिकारको निम्ति निरन्तर लाग्ने छ यहाहरुको सकारात्मक सहयोग पनि त्यतिकै जरुरी छभन्दै सरकारले छिटोभन्दा छिटो यो विषयमा छलफल मन्त्रालयले गर्नेछ भनी मोर्चाका नेताहरूलाई आस्वस्त पारेको कुरा मोर्चाका सल्लाहकार कामिले बताए ।

गत मंसिर १२ गते काठमाडौं महानगरपालिकाले सयौंको संख्यामा नगर प्रहरी परिचालन गरि डोजर सहित काठमाडौं थपाथलिका सुकुम्बासीको घर टहरा भत्काउनु गरेको प्रयासलाई स्थानीय सुकुम्बासीहरुले प्रतिकारमा उत्रिए पछि दर्जनभन्दा बेसि नगर प्रहरी घाइते भएकाथिए सुकुम्बासीको प्रतिकार पछी काठमाडौं महानगरले उठाउनु लागेको प्रयासमा असफल भएको थियो । तत्पश्चात मंसिर १२ गते आफ्नो दलबल सहित डोजर सहित सुकुम्बासी हटाउन महानगर असफल भएपछि दोस्रोपल्ट मंसिर २५ गतेसम्ममा सुकुम्बासीलाई आफ्नो घरटहरा खाली गर्न सूचना जारी गरेको समेत गरेको थियो ।

महानगरले यसअघि ३५ दिने सूचना जारी गरेको थियो सो समय अबधि पनि एक महिना अघिनै पुगेको छभने काठमाडौं महानगरपालिकालाई सुकुम्बासी मोर्चाले एक ध्यानाकर्षण पत्र बुझाउदै महानगर र आयोग बीच भदौ ९ गते गरेको सहमति अनुसार कार्यनयन गर्न र चारजना नेता माथि लगाएको जुट्टा मुद्दा फिर्ता गर्न ध्यानाकर्षण पत्र बुझाइसकेको कामीले बताएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित