बाजुरा । आज बिहान रोल्पामा भुकम्प गएको छ भने बाजुरामा दिउसो ५.९ म्याग्निच्युडको भुकम्प गएको छ ।
राष्ट्रिय भुकम्प मापन विभागले जानकारी दिए अनुसार आज बिहान स्थानीय समयानुसार १० बजेर ३ मिनेट जाँदा रोल्पाको कारेती आसपास एमएल ३.९ रेक्टरको भूकम्प गएको हो । त्यसैगरी बाजुराको बडीमालिका नगरपालिकामा भूकम्पले एक घरमा क्षति पुर्याएको कुरा विभागले जनाएको छ । नेपालको सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा आज स्थानीय समय अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु सिमिकोटको दक्षिणमा रहेको नेपाल भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का भारतको दिल्ली-एनसीआर, राजस्थानको राजधानी जयपुर र उत्तराखण्डमा पनि महसुस गरिएको थियो।
Discussion about this post