धरानमा सोनाम लोसर भव्य रुपमा मनाउदै (भिडियो फोटो सहित )

धरान । २८५९ छ्यु- मो – ह्योइ लो सोनम लोसर धरानमा भब्य रुपमा मनाईरहेका छन । खेतिपाति गर्ने किसान बर्गले मान्ने चलन चल्दै आएको सोनम लोसरलाई धरानमा तामाङ समुदायले पालना गरेको छ ।

आइतबार धरान बजारमा तामाङ समुदायले मौलिक पोशाक,डम्फु बजाउदै नेपाल तामाङ घेदुङको ब्यानरमा झाँकि र्‍यालि सहित सोनम लोसर मनाईरहेका छन । सबै किसान वर्गको भए पनि योल लोसर गुरुङले सोनम लोसर तामाङले र शेर्पा सहित अन्य हिमालि आदिवासी ले ग्याल्पो लोसर मनाउदै आएका छन ।

आज सोनम लोसर २८५८ बिदाई गर्दै २८५९ शुरु भएको छ । सोनम लोसर विशेषगरी मन्जुश्री पात्रो अनुसार मनाउने परम्परा छ । मन्जुश्री भन्दा अगाडिदेखि नै मनाउदै आएको सोनम लोसरलाई काठमाडौ उपत्यका बसाउने मन्जुश्रीले चलाएको सम्बतबाट भने गणना गरिएको कुरा ङागुर ञिङ्मा गुम्बाका राजेन्द्रा लामा बताउछन् । यसपटक बाह्र प्राणि चक्रको बाघ ( ताघ) वर्षलाई बिदाई गरि ह्योई (बिरालो) वर्ष प्रारम्भ भएको छ ।यस वर्षबाट छ्यु (पानी) मो ( स्त्री ) ह्योई (खरायो) प्रारम्भ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित