सोनम लोसरमा अन्य चाडपर्व जस्तै समान ब्याबहार गर्न जननेता आङकाजिको ८ बुदे जनादेश

काठमाडौ । नेपाल आदिवासी जनजाति महासंघका पुर्व महासचिव एबम आदिवासी अभियन्ता आङकाजि शेर्पाले अन्य चाडपर्वमा जस्तै सोनम लोसरमा पनि समान ब्यावहार गर्न सबैमा सन्देश दिएको छ ।

आङकाजि शेर्पाले आफैलाई जननेता भन्दै सोनम लोसरको पहिलो दिन आईतवार विषेशगरी हिन्दुको चाडमा काठमाडौ उपत्यकामा गरिने व्यावहार सोनम लोसरमा पनि गर्न भन्दै जनादेश दिएको छ ।

देश धर्म निरपेक्ष भैसकेको अवस्थामा पनि विभेद जारी रहेको तर्फ इङ्गित गर्दै सरकार प्रहरी प्रशासन मिडिया लगायत सबैलाई जसरी हिन्दुको चाडमा सद्भाव व्यावहार गरिन्छ त्यस्तै ब्याबहार गर्न भनिएको छ । दशै शिबरात्रीमा टेलिभिजनले प्रत्यक्ष प्रशारण गरे जस्तै सोनम लोसरमा पनि प्रशारण गर्न मिडियालाई आग्रह गरिएको छ ।

आङकाजिको स्टाटस :
धर्मनिरपेक्ष सरकार, प्रहरी, प्रशासनलाई
जन नेता आङ काजी शेर्पाले जारी गरेको
८ वुदे जनादेश …..

(१) भोली माघ ८ गते नेपाल र नेपालीको महान राष्ट्रिय चाड बडा सोनाम ल्होछारलाई भव्यताका साथ मनाउन आवश्यक सबै प्रकारको सहयोग प्रदान गर्नु !

(२) शिवरात्रीमा चाबेल देखि तिलगंगा सम्मको सडकमा मोटर चलाउन बन्द गरे जस्तै बडा ल्होछारमा पनि रत्नपार्क देखि भद्रकाली सुन्धार देखि बिर हस्पिटलसम्मका सडकमा सवारी बन्द गर्नु  !

(३) बडा ल्होसार लगायत आदिवासी, मधेसी, मुस्लीम र ईशाईका चाडपर्व मनाउन बार्षिक बजेटमा रकम विनियोजन गरेर यथेष्ट बजेट उपलब्ध गराउनु । प्रत्येक बर्ष प्रधानमन्त्रीलाई निवेदन दिएर भिख माग्नु पर्ने प्रचलन सधैका लागि अन्त्य गर्नु !

(४) बडा ल्होसार लगायत अन्य धर्मका चाडपर्वमा पनि नेपाली सेनाद्वारा बन्दुक पडकाएर लहरे, र पटके हर्ष बढाई गराउनु ! तोप पडकाउदा नजिकका धरहरा लगायत नजिकका भवनहरूमा क्षती पुग्ने भएकोले तोप नपडकाउनु !

(५) दशैको शुभकामना आदन प्रदान र जलपान आयोजना गरे जस्तै बडा ल्होछारमा पनि यस्तै कार्यक्रम आयोजना गर्नु !

(६) २०८० साल देखि सैनिक मन्चमा बुद्ध जयन्ती, ल्होसार साकेल, छैठ जितिया, नेपाल संम्बत, ईद, ख्रिष्टमस आदी मनाउन स्थान उपलब्ध गराउनु !

(५) बडा ल्होछार समारोह स्थलको
शान्ति, सुरक्षाका लागि ५०० नेपाली सेना, ६०० सशस्त्र प्रहरी, ७०० नेपाल प्रहरी र ३०० ट्राफिक प्रहरी उपलब्ध गराउनु !

(६) बडा ल्होछार लगायत सबै चाड पर्वमा लक्ष्मी पूजाको दिन जस्तै सांझा दीप प्रज्वलन गर्नु !

(७) सबै सरकारी गैर सरकारी संघसंस्थाहरूले राष्ट्रिय मिडियहरूमा बडा ल्होछारको शुभकामना सन्देश दिनु !

(८) सबै टेलिभिजनले शिवरात्री र दशैमा जस्तै बडा ल्होछार कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्नु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित