ङागुर ञिङमा गुम्बामा विभिन्न खेल खेलेर लोसर मनाए

धरान । सोनम लोसरको अवसरमा धरान उपमहानगर वडा नम्बर १५ स्थित ङागुर ञिङमा गुम्बामा बिभिन्न खेल खेलेर लोसरको अघिल्लो दिनलाई बिदाई गरेको छ ।

गुम्बा रहेका सदस्यहरु तथा लामा चेलाहरु समेत भेला भएर डोरि तान्ने खेल,छेलो,महिलाहरुको लागि म्युजिकल चियर,बालबालिकाको लागि बेलुन फुटाउने,पिठो उडाएर सिक्का निकाल्ने लगायतका खेल खेलाएको कुरा लोसर आयोजकले जानकारी दिए ।
रमाइलो तथा मनोरञ्जन गराउने उद्देश्यले खेलाएका यि खेलमा पहिलो दोस्रो तेस्रो छुट्याएर हौसला समेत दिएका थिए । छेलो खेलमा राजेन्द्र लामा प्रथम,दोर्जे लामा दोस्रो र महेश तामाङ तेस्रो भएका थिए । डोरि तान्नेमा ताम्बा छोप्पा प्रथम युवा समुह दोस्रो भएका थिए । बालबालिकाको बोरि खेलमा जिनिस तामाङ प्रथम उर्गेन राङ्जुङ तामाङ दोस्रो र उर्गेन रिन्जिन तामाङ तेस्रो भएका थिए । त्यसगरी बेलुन खेलमा उर्गेन राङ्जुङ तामाङ,समिक्षा तामाङ,रिन्जिन तामाङ क्रमश प्रथम दोस्रो तेस्रो भएका थिए । पिठो उडाएर पैसा टिप्ने खेलमा सेरप तामाङ,फुर्वा छिरिङ तामाङ,जेनिस तामाङ क्रमश प्रथम दोस्रो तेस्रो भएका थिए । महिलाहरुलाई खेलाएको मुजिकल चेयरमा सुमिना तामाङ प्रथम अनु श्रेष्ठ दोस्रो र लक्षमि तामाङ तेस्रो भएका थिए ।

लोसरको अवसर यि खेल लगायत तिर हान्ने, दौड प्रतियोगिता,कुस्ती,पारास्यु, लगायतको खेल खेलिने चलन छ । लामा राजेन्द्रका अनुसार लोसरकै बेला राजा चुन्ने चलन समेत भएको बताए । गुम्बा यस वर्षको लोसर धार्मिक,सांस्कृतिक,सामाजिक तथा निशुल्क बिरामी जाँच लगायतको कार्यक्रम गरेर मनाईरहेको बताए । यस गुम्बा परिसरमा यस अघि ठुलो मेला समेत लगाएर सोनम लोसरको आयोजना गर्दै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित