धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले अघि सारेको माया धराने साबुन उद्योग विरुद्ध सब डिभिजन बन कार्यालय बिष्णुपादुकाले उच्च अदालतमा रिट हालेपछि अहिले उद्योग विरुद्ध अन्तरिम आदेश जारी गरिएको छ ।
अन्तिम फैसला नभैरहेको अवस्थामा भने रोक्का फुकुवाको माग गर्दै सचेत धराने समुहले तिनदिने हस्ताक्षर संकलन अभियान थालेको छ । यसअघि वन कार्यालय तिनकुनेमा ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।
माघ ६,७,८ गते तिनदिने हस्ताक्षर संकल अभियान धरानको लोकतान्त्रिक चौतारी नजिक घण्टाघर परिसरमा सेतो कपडामा हस्ताक्षर संकलन भैरहेको छ । सचेत धरानका प्रवक्ताले पहिलो दिनमा नै उत्साहित रुपमा हस्ताक्षर गरेको बताए । माघ ८ गतेसम्मक्क संकलित हस्ताक्षरलाई वन कार्यालय फुस्रेमा बुझाउने कुरा पनि प्रवक्ताले जानकारी दिए । उनले जुनसुकै पार्टीको भए पनि धरानमा उद्योग खोल्नुपर्छ भन्ने ब्यक्तिहरुले समर्थन गर्दै हस्ताक्षर गरेको दाबि गरे ।
Discussion about this post