संगै गाईगोरुको मासु खाएका प्रचण्ड – बाबुराम काष्ठमण्डप आउँदा छोडेपछि छुट्टियौं – गोपाल किराँती

काठमाडौ । माओवादी कम्युनिष्ट पार्टीको संरक्षक तथा पुर्व मन्त्री गोपाल किरातीले वर्तमान प्रधानमन्त्री प्रचण्ड र पुर्व प्रधानमन्त्री बाबुराम सहित संगै बसेर गाईगोरुको मासु खाएको बताएको छ ।

गोपाल किराँतीले सामाजिक संजाल फेसबुकमा बुधबार स्टाटस लेख्दै मगरात रोल्पा रुकुममा हाईसेक्री खाएको उल्लेख छ । किराँतीले हाईसेक्री भनेको भनेको खाम मगर भाषामा गाई – गोरुको मासु भएको खुलाएको छ । तर जब प्रचण्ड काष्ठमण्डप आए दाहालले गाई गोरुको मासु खान छोडेको दाबि गरिएको छ । काठमाडौ आएपछि प्रचण्डले गाई गोरुको मासु खान छोडेपछि नै किराँती पनि छुटिएको दाबि स्टाटसमा उल्लेख छ ।

गोपाल किराँतिको स्टाटस:
मगरातको रोल्पा-रुकुममा हिजो पुष्पकमल दाहाल र बाबुराम भट्टराईले हामीहरुसंगै बसेर मजाले “हाईसेक्री” खाएकै हुन। हाईसेक्री माने खाम मगरभाषामा गाई-गोरुको मासु। काष्ठमण्डप आउँदा दाहालले हाइसेक्री खान छाडे, तब हामीहरु छुट्टियौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित