चार जना उपप्रधानमन्त्री सहित २३ जनाको मन्त्रीमण्डल गठन

काठमाडौ । मंसिर ४ गते सम्पन्न भएको संविधान जारी भएपछिको दोस्रोपटकपटकको संघीय प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मन्त्रीमण्डल बिस्तार भएको छ ।

प्रचण्डले बिश्वासको मत संसदबाट लिएपछि मन्त्री मण्डल बिस्तार गरिएको छ । मंगलबार राष्ट्रपति कार्यालयबाट जारी बिज्ञप्तिमा प्रचण्ड प्रधानमन्त्री तथा वन तथा वातावरण,युवा खेलकुद रहेको छ । प्रचण्डको नेतृत्वमा चारजना जम्बो उपप्रधानमन्त्री रहेका छन । बिज्ञप्ति अनुसार विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री अर्थ,नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात, रबि लामिछाने उपप्रधानमन्त्री गृह,राजेन्द्रप्रसाद लिङ्देन उपप्रधानमन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई रहेका छन ।

मन्त्रीहरु रेखा शर्मा मन्त्री सञ्चार तथा सूचना प्रविधि, विक्रम पाण्डे मन्त्री शहरी विकास, ज्वाला कुमारी साह मन्त्री कृषि तथा पशुपंक्षी विकास, दामोदर भण्डारी मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई
मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अब्दुल खान मन्त्री खानेपानी,डा. विमला राई पौड्याल मन्त्री परराष्ट्र पदम गिरी मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या, भगवती चौधरी मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, हरिप्रसाद उप्रेती मन्त्री रक्षा, सुदन किराती मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन, शिशिर खनाल मन्त्री
शिक्षा, विज्ञान तथा प्रविधि,डोलप्रसाद अर्याल मन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ध्रुवबहादुर प्रधान
मन्त्री कानुन, न्याय तथा संसदीय मामिला रहेका छन।

मंगलबार बिस्तारीत मन्त्री मण्डलमा तिनजना राज्य मन्त्री रहेका छन । सुशिला सिर्पाली ठकुरी राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. तोसिमा कार्की,स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री,ऊर्जा, जलस्रोत तथा सिँचाई, दिपक बहादुर ८ सिंह रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित