पंचमायाको अध्यक्षतामा याक्खा छुम्मामा नयाँ समिति

धरान । किरात याक्खा छुम्मा धरान उपमहानगर समितिमा पंचमाया लाम्लिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

याक्खा छुम्माको आइतबार केन्द्रिय समिति भवनमा सम्पन्न भएको चौथो नगर अधिवेशनले नयाँ समिति चयन गरेको कुरा निवर्तमान नगर अध्यक्ष हेमराज जिमि याक्खाले जानकारी दिए । सम्पन्न अधिवेशन उपाध्यक्षमा उपध्यक्ष कबिता लिंखा,सचिव नरेन्द्र कोयोङ्वा,सह सचिव लहरु छाला,कोषध्यक्ष उर्मिला लिम्बु तुम्याहाङ्ग रहेका छन । त्यसैगरी सदस्यहरुमा सन्त छाला,सञ्जय याङ्बाङ,बिना तामाङ याक्खा,रमेश योक्हाङ,रत्न लिम्बुखिम,धु्रब एलाबा, चन्द्र लिंखा,देउ कुमारी याक्खा रहेका छन ।

यस अघि हेमराज जिमिको अध्यक्षता रहेको समितिको कार्यकाल सकिएपछि नयाँ समिति चयन गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित