किमाथांका नाकाबन्दि हुँदा किमाथांकामा ३५ घर,रिदाकबाट ३० घर बिस्थापित(भिडियो सहित)

संखुवासभा । कोरोनाको कारण देखाउदै बन्द भएको किमाथांका नाका लम्बिदा किमाथांकामा ३५ घरपरिवार र रिदाकबाट ३० घर परिवार बिस्थापित ।

भोट्खोला गाउँपालिका १ किमाथांकाका पुर्व वडा अध्यक्ष तेन्छेबि शेर्पाले नाकाबन्दी लम्बिदा हालसम्म किमाथांकाबाट ३५ घर काठमाडौ बिस्थापित भएको बताए । उनले भने — ” यहि अवस्था रहे थप घरपरिवार बिस्थापित हुनेछ ।”हिउँद महिना लागेको थप सास्ती हुने कुरा तेन्छेबिले बताए । हुँगुङ पोप्तिको बाटोमा हिउँ परेको खण्डमा थप अर्को नाकाबन्दी हुने बताए । उक्त बाटोमा हिँ पर्दा आगामी जेठमा मात्र हिँउ बिलेर बाटो खुल्ने बताए । त्यसैगरी चेपुवा च्याम्ताङको बाट किमाथांका कोशि सडक खण्डमा बिष्पोट गराई बाटो निर्माण कार्य भैरहेकोले त्यो बाटोमा रित्तो मान्छे हिड्न समेत कठिन भएकोले किमाथांकाबासिले खाद्यान्न पाउन कठिन रहेको छ । नाका खुल्ला हुँदा खाद्यान्न लगायत नजिकैको डेन्दाङ,चाङ्खा,नादाङबाट किनमेल गरेर केहि घन्टामा नै ल्याउन सकिन्छ ।

किमाथांकापारी चीनको चाङ्ख बजार

त्यसैगरी मकालु बरुण राष्ट्रिय निकुञ्जमा कार्यारत पासाङ शेर्पाले पनि किमाथांकाबाट घरपरिवार काठमाडौ सहित अन्यत्र बिस्थापित भएको बताए । स्थानीय दावा शेर्पा भोटेले पनि नाकाबन्दी हुँदा स्थानीयले सास्ती ब्यहोर्नु परेको बताए । यसका लागि नेपाल सरकारले तत्काल पहल गर्न आग्रह गरे । पावखोला घर भै हाल किमाथांका बस्दै आएका दोर्चिका श्रीमतीले नेताहरु किमाथांका आउँदा आश्वासन दिने तर डाँडा कटेर बिर्सिने गरेको आक्रोश पोखे । उनले संखुवासभामा पत्रकार नभएर होकि यहाँका समस्या कसैले नलेखेको आक्रोश पोखे ।

रिदाक (पिबु)बाट बरुण गोलासम्म घिउ बेच्न झरेका स्थानीय फुर्पुतेम्बा भोटेले गतसालदेखि हालसम्म रिदाकबाट करिब ३० घर बिस्थापित भएको बताए । उनले यो साल मात्र १३ घर बिस्थापित भै काठमाडौ गएको बताए । उनले पनि यदि यहि हिसाबले नाकाबन्दी लम्बिने हो भने थप घरपरिवार बिस्थापित हुने बताए ।

यस बिषयमा सिमा प्रहरी कार्यालय किमाथांकामा बुझ्दा सहायक हवल्दार देवेन्द्र लिम्बुले कुनै आधिकारिक जानकारी न आएको बताए । ब्यक्ति विशेषले छोराछोरी पढाउने सिलसिलामा अन्यत्र गएको हुनसक्ने बताए । जसका लागि आधिकारिक पत्र आउनुपर्ने सहायक हवल्दार देबेन्द्र लिम्बुले बताए । यहि बिषयमा भोटखोला गाउँपालिकाका निमित्त अधिकृत फुर्पु भोटेले पनि पंजिकरण गरेर जानेको कुनै आधिकारिक तथ्यांक नभएको बताए । तर उनले नाकाबन्दीले प्रभाव पारेको भने स्वीकार गरे ।

यस बिषयमा भोटखोला गाउँपालिकाका प्रमुख वाङछेदर लामासंग बुझ्दा नाकाबन्दी प्रभावित भएको बताए । आधिकारिक रुपमा दर्ता गरेर बसाइँसराइ हुँदैमा मात्र बिस्थापित भएको मानिने गलत भएको बताए । नाकाबन्दीले बिस्थापित भएको भन्दै राहत तथा नाका खुलाउन जिल्ला समन्वय राजनीतिक दल दैबि उद्धार प्रकोप लगायतमा पहल भएको बताए । उनले किमाथांका लगायत रिदाक थुदाम लगायतको लागि खाद्यान्न तयारी गरेको बताए । वडा अध्यक्ष नुर्पु च्याबाको नेतृत्वमा नुन खाद्यान्न ढुवानीको पहल भैरहेको कुरा पालिका प्रमुख वाङछेदर लामाले जानकारी दिए । प्रमुखले किमाथांका रिदाक थुदाम सहितको गाउँको लागि भनेर ६ सय बोरा चामलको ब्याबस्था गरेको बताए । उनले कोरोनाको महामारी थप बढ्दै गएको भन्दै नाका तत्काल खुल्नेमा आशा गर्ने बाटो नभएको बताए ।

वडा अध्यक्ष नुर्पु च्याबले पनि नाकाबन्दीले ३०/३५ घरपरिवार बिस्थापित भएको बताए । नाकाबन्दीले त्यहाँका जनजीवन प्रभावित भएको बताए । हाल सदरमुकाम खाँदबारीमा रहेका वडा अध्यक्ष नुर्पु चिन नाका खुल्दा सामान सस्तोमा पाउनुको साथै दैनिक रोजगारी समेत मिलेको बताए । तर अहिले चिन बन्द भएपछि सदरमुकाम खाँदबारीको भरमा रहेको बताए । सदरमुकामबाट ढुवानी गर्दा महंगो पर्ने र आम्दानिको श्रोत नभएको कारणले घर छोडेर जाने क्रम रहेको बताए ।

किमाथांका गाउँ

किमाथांकादेखि दक्षिणी भेग च्यांगरिङ्मु भन्ने स्थानमा रहेका एक गोठालोले नाकाबन्दी भएपछि चौरी याक चरनमा लान समस्या भएको बताए । घ्यु छिर्पि लगायत यस अघि चीनतर्फ लाने गरेकोमा नाकाबन्दीपछि ब्यापार ब्याबसाय ठप्प भएको गुनासो गरे ।

किमाथांका नाका खुल्ला हुँदा नेपालबाट बाँसका हस्तकला,जडिबुटी,काठ,घ्यु,छुर्पि,चीनमा निर्यात हुने गर्दथे । चीनको डेन्दाङ नादाङ चाङ्खाबा रहेको बजारबाट लत्ताकपडा,खाद्यान्न,पेट्रोलियम पदार्थ,खानेतेल,दैनिक रोजगार,पेय पदार्थ संखुवासभा जिल्लाको सदरमुकाम भन्दा सस्तो अनि नजिक रहेकोले सुबिधा उपभोग गर्दै आइउरहेका थिए ।

थप नाकाबन्दी हुने अवस्था आए किमाथांका सहित सिंगो भोटखोलामा थप असर पर्ने कुरा स्थानीयले बताए । नाकाबन्दी लम्बिए थुदाम,किमाथांका,रिदकका बासिन्दा घर छोडेर अन्यत्र जाने कुरामा दुईमत देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित