धरान । त्रिभुवन विश्व बिद्यालयका प्राध्यापक वालकृष्ण माबोहाङ यतिबेला भारतको मेघालय राज्यको भ्रमणमा छ । लिम्बु याक्थुङ समुदायमा मौलिकतासंग विशेष जोड दिनुहुने माबोहाङले मेघालयमा रहेका मुलबासिसंग पनि भेटघाट गरेका छन ।
भ्रमणका क्रममा `बसाई´ उपन्यासका सर्जक लिलबहादुर क्षेत्रीसंग भेट भएको छ । नेपाली समाज चित्रण भएको उपन्यास `बसाई´त्रिभुवन विश्व बिद्यालय को उच्च शिक्षाको नेपाली पाठ्यक्रममा समाबेश गरिएका थिए । `बसाई´ को कथानक अनि परिवेश लिम्बुवान भुमिको एक स्थान समेत उल्लेख गरेकोले पनि माबोहाङले चासोकासाथ लिलबहादुर क्षेत्रीसंग भेट गरेको हो । भेटमा बालकृष्ण माबोहाङले आफुद्वारा लिखित यात्रा संस्मरण इ: मानु नि: मा (मुलुक भित्र) क्षेत्रीलाई प्रदान गरीएको छ । माबोहाङले लिलबहादुर क्षेत्रीको ९० वर्षको उमेरमा भएको क्रियाशीलताको प्रसंशा गरेका छन ।
नेपाल पनि संघीयतामा गैसकेको अवस्थामा नेपाल पहिचान सहितको संघीयताको वकालत भैरहँदा भारतीय राज्य केकस्तो आधारमा भएको छ भन्ने कुरा अध्ययन गर्न जरुरत छ । त्यो कुराको लागि पनि माबोहाङले गम्भीरताकासाथ लिएको पाईन्छ । माबोहाङले लिलबहादुर क्षेत्रीको बिषयमा एउटा स्टाटस नै लेखेको उक्त स्टाटसबाट पनि धेरै कुरा बुझ्न सकिन्छ ।बालकृष्ण माबोहाङले लेखेको स्टाटस जस्ताको तेस्तै प्रस्तुत गरिएको छ ।
प्राध्यापक बालकृष्ण माबोहाङको स्टाटस :
बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ! यो गीत २०२८/२९ साल तिर धरान तिर गुन्जेको श्वर हो। श्याम तमोटको रचना थियो। पछि २०३८/३९ तिर जेबी टुहुरेले उक्त गीत पुन पक्रियो र जीवनको अन्तिम दिन सम्म गाए । यतिका दिन सम्म कम्युनिस्ट विचारकाले बसाइँ हिँड्ने को व्यथा गलामा मिलाएर गाए।
नेपाली साहित्यमा हाइस्कुलमा जस्तो लाग्छ। लिलबहादुर क्षत्रीको उपन्यास “बसाइँ” देखेको र पढेको हो। पूर्वतिरका बसाइँ हिँड्दा असाम जान्थे । अछाम गएका नेपाली साहुको ऋण र शोषण-अत्याचारका कारण गएका हुन्थ्यो नै, तर उनीहरूको कथा भने बेग्ला, बेग्लै र विभिन्न तरिकाले लेखिन्थ्यो। एक जना लेखक लीलबहादुर क्षत्रीको उपन्यास सम्भवतः सबै नेपालीले पढेको हुनै पर्छ।
गुहाटी पुग्दा ९० वर्षपुगेका क्षत्रीसित भेट गर्ने ठूलो अवसर मिल्यो । दाजु कृष्ण माबुहाङले उनलाई सोधे,”तपाईंको नेपालमा पुरानो गाउँ कहाँ थियोे ?” उनले भने, “खोइ, सिँधुवा परतिर कता थियो, सबै बिर्से ! छत्थर, सुदाप…!” मैले भने,”शुक्रवारे! ओख्रे, थाहा छ?” उनले भने,” सिलाङमा पढ्थेँ, महायुद्धको कारण ८ महिना स्कुल छुट्टी गाउँ गएको थिएँ । पछि एकपटक गएको हो। त्यो पनि ३० वर्ष भयो! ‘बसाइ’ मा ‘आइतबारे बजार’ भनेको छत्तथरको शुक्रबारे बजार हो ।”
अर्थशास्त्रमा प्राध्यापन गरेर सेवानिवृत क्षत्री नब्बे वर्षको उमेरमा पनि त्यतिकै सक्रिय र रुचीराख्ने व्यक्तित्व रहेछन। हामी पनि उनको पुरानो पहाडको गाउँ घर नजिकैको भएको भन्दा, उनले भने,”जन्मघर पुगेको महसुुस भयो !”
यही अवसरमा मेरो भर्खरै प्रकाशित पुस्तक, “इःमानु निःमा” उनको हातमा राखेँ। उनले भने,”फोन नम्बर पनि दिनु, म पछि कल गर्छु!” उनको कुरा सुनेर आशावादी पनि भए।” लीलबहादुर सुदापका कालिकोटे खड्का रहेछन। गएको मंसिर २ गते सिधुवा, शुक्रबारे, ओख्रे, सुदाप, दाँगपा, फुलेक, चम्फुला, बसन्तपुर पुगेको थिँए। सुदापमा खड्काकै घर छेउबाट छिपुवाखोला काटेँ। क्षत्री ले भने ,”मदन बहादुर खड्का (कालिकोटे) मेरो काका हुन। उनको छोरीलाई धेरै दिन सम्पर्कमा थियिन….” अहिले छैन।
Discussion about this post