धरान । धरान उपमहानगरपालिका वडा नम्बर ६ ले सार्वजनिक सूचना जारी गर्दै १८ वर्षमुनिका बालबालिकालाई चुरोट खैनी मादक पदार्थ नबेन्च भनिएको छ ।
वडा अध्यक्ष भुपेन्द्र भट्टराईद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा धरान उपमहानगरपालिका वडा नं. ६ वडा क्षेत्रमा रहेका खैनि, चुरोट, गुट्खा तथा मादक पदार्थ विक्रि वितरण गर्ने थोक तथा खुद्रा पसलहरुले विद्यार्थीहरुलाई उल्लेखित वस्तुहरु विक्रि वितरण नगर्न भनिएको छ । यसरी बिक्रि बितरण गरिएको देखिएको भन्दै यसबाट विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने तथा कानुन विपरितको कार्य समेत भएको सूचनामा उल्लेख छ । सूचनामा स्कुल ड्रेसमा भएका विद्यार्थीहरु तथा १८ वर्ष भन्दा मुनिका कुनै पनि बालबालिकाहरुलाई खैनि चुरोट, गुट्खा तथा मादक पदार्थ विक्री वितरण नगर्न भन्दै विशेष गरि सरस्वती मा.वि. पानवारी रहेको स्थान स्कुल डाडा क्षेत्रका व्यवसायीहरु तथा वडामा रहेका सम्पुर्ण व्यवसायीहरुलाई अनुरोध गरीएको छ ।
सूचनामा यदि विक्रि वितरण गरिएको पाईएमा प्रचलित कानुन बमोजिम दण्ड सजायका लागि सिफारिस गरिने समेत चेतावनी दिएको छ ।
Discussion about this post