संखुवासभा । भोटखोला गाउँपालिक वडा नम्बर २ को माक्पालुङ डाँडामा रहेको नेपाल टेलिकमको टावरमा जेनेरेटर जडानको लागि हेलिकप्टरद्वारा लान खोज्दा सास्ती भएका थिए ।
पौष २६ गते अल्टिच्युट हेलिकप्टरले जेनेरेटर पुर्याउने जिम्मा पाएका थिए । तर जिल्ला प्रशासन कार्यालय संखुवासभाले निषेधित क्षेत्रमा जान अघि जिल्ला ल्याण्ड गरि जाँच पासपछि मात्र उडान भर्ने प्रावधान रहेको भन्दै हेलिका पाईलट सहितलाई नियन्त्रणमा लिएका थिए ।
यस घटनाले सास्ति ब्यहोर्नु परेको र आगामी दिनमा बिरामी समेत लान लिन आउँदाको अवस्था के होला भन्दै स्थानीय सरकारलाई मान्यता नदिएको आक्रोश पोख्दै तत्कालीन घटनाको यथार्थ विवरण र यस घटनामा जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारीलाई भोटखोला गाउँपालिकाले पाँच वटा प्रश्न तेर्स्याएको छ ।
स्थानीय सरकारको काममा कानुनि बाधा अड्चन देखाएको आरोप लगाउदै बखेडा निकालेर भोटखोला क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक भएको आरोप समेत लगाएको छ । जिल्ला प्रशासनले गरेको यस्ता प्रकारको ब्याबहारप्रति सबै राजनीतिक दल स्थानीयबासिलाई बिरोध गर्न समेत आह्वान गरिएको छ ।
मिति २०७९ पौष २६ गते भोटखोला गाउपालिकामा घटेको हेलि प्रकरणको यथार्थ बिबरण:
यथार्थ न. १. मिति २०७९/०९/२४ गते भोटखोला गाउकार्यपालिकाले लची डाडामा रहेको दुरसन्चार टावरको लागि पावर सपोर्ट गर्न २० kw को जेनेरेटर ढुवानी गर्न अल्टिच्युड हेलि कम्पनिलाई पत्रचार भयो । हेलि कम्पनिले निसेधित क्षेत्रमा उडान गर्न जिल्ला प्रसासन कार्यालय संखुवासभालाई अनुरोध गर्यो ।
यथार्थ न. २. हेलि कम्पनिको पत्र जिल्ला प्रसासन संखुवासभामा पुगे पस्चात प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादबले मलाई फोन गर्नु भयो र फोनमा के भन्नू भयो भने भोटखोला गाउपालिकामा हेलि मार्फत सामन ढुवानी गर्न लागेको रहेछ । हेलिकप्टर आउदा, जादा खान्दबारिमा ल्यान्ड गर्ने र जिल्लाबाट प्रतिनिधि लाने अनि मात्र अनुमती दिन्छु भन्नू भयो, जबाफमा मैले म स्थानिय सरकार प्रमुख छु, नेपाल प्रहरिको टिम गोलामा छ, उहाँ हरुको उपस्थिती हुन्छ, अर्को कुरा दुई पटक ल्यान्ड गर्दा गाउपालिकालाई ब्ययभार बढ्छ, प्लिज, अनुमती सिधा उडानको लागि दिनुहोस भने तर CDO मान्नु भएन । अल्टिच्युट कम्पनिलाई दोस्रो पत्र जबर्जस्ती लेख्न बाध्य बनाई अपडाउन हेलि ल्यान्ड गर्छु भन्ने पत्र बनाएर मात्र बेलुका ५ बजे २४ गते जिल्ला प्रसासनले अनुमतिको लागि गृह लाई सिफारिस गर्यो ।
यथार्थ न. ३. २५ गते अनुमती लिने, सरकारी प्रकृया पूरा गरि २६ गते बिहानको समयमा क्याम्टेन आनन्द थापाले हेलि उडान गर्ने कागज तयार भयो । २६ गते बिहान करिब ९.१५ तिर काठ्मान्डौ देखि सिधा गोला छोक्राङ हेलिप्याडमा हेलि ल्यान्ड भयो । मैले क्याप्टेनलाई हेलि खान्दबारिमा ल्यान्ड गर्नु पर्ने थियो भनेर सोधे, दिउँसो हावा बढी चल्ने सन्केत भएकोले पहिला सामन लची डाडामा पुर्याउने, गोला प्रहरी चौकी भएकोले त्यही प्रहरिलाई चेक जाँच गर्ने दिने र फर्किदा खान्द्बारी ल्यान्ड गरेर जाने भनेर भनु भयो ।
यथार्थ न. ४. हेलि ल्यान्ड हुने बित्तिक्कै कुनै महाअपराधिलाई पक्रे झै क्याम्टेन आनन्द थापालाई कुनै पक्राउ पुर्जी बिना पक्राउ गरि गाडिमा राखेर गोला प्रहरी चौकिमा राख्यो । मैले तुरुन्तै DSP लाई कल गरे ! मलाई माथिको आदेश हो, मैले केही गर्न सक्दिन भन्यो । त्यसपछी कान्तिपुर समचार दाता दिपेन्द्र लाई जानकारी गराए, जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यलाई जानकारी गराए ।
यथार्थ न. ५, जिल्ला समन्वय समिती प्रमुख सुमन शाक्यले गृह सचिबलाई जानकारी गराउनु भयो, रास्ट्रीय प्रकृति सम्रक्षण कोसका सद्स्य याङ्जोम शेर्पाले विशेष भुमिका निर्बाह गर्नु भएको थियो । यी सबै काम गर्न मलाई २ घन्टा लाग्यो र अन्तमा गोला प्रहरी चौकिबाट अपराधी जिम्मा लिये झै पुरै कागज गरि क्याप्टेन आनन्द थापालाई म गाउपालिकाको अध्यक्षको रोहवरमा छुउट्याई बुझी लिने काम भयो ।
यथार्थ न. ६ क्याप्टेन पाइलटले तनाबमा हेलि उडान गरि गाउपालिकाको सामन ३ पटक गरेर लची डाडामा जेनेरेटर पुर्याउने काम भयो ।
अब प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादबालाई मेरो प्रस्न :
प्रस्न न. १. स्थानिय सरकारलाई मान्यता नदियेको हो ? मर्यदाको हिसाबले म गाउपालिका अध्यक्ष तपाईं भन्दा माथी छु, के मेरो मर्यदालाई अपमान गरेको ?
प्रस्न न. २. २४ गते फोनमा प्रमुख जिल्ला अधिकारिले जिल्ला सुरक्षा समितिको बैठकले निसेधित क्षेत्र भोटखोला गाउपालिकामा हेलि उडान गर्दा अनिबार्य जिल्लामा ल्यान्ड गर्ने निर्णय भएको छ भन्यो, अब भोट्खोला जनता बिरामी उपचारको क्रममा हेलि प्रयोग (बिकल्प) गर्ने गरिन्छ । अब हेलि अपडाउन खानद्बारिमा ल्यान्ड गर्ने समय अबधिमा बिरामी केही भयो भने तपाईं जिम्मा लिने कि नलिने, हेलिको ब्ययभार जिम्मा लिने कि नलिने?
प्रस्न न. ३. क्याप्टेन आनन्द थापालाई पक्राउ गरि २ घन्टा प्रहरी चाउकिमा राख्ने आदेश सहितको पत्र तुरुन्त सार्बजनिक गर्नु पर्यो र के कारणले २ घन्टा पछि छोड्यो ?
प्रस्न . ४. हेलि ल्यान्ड हुने स्थान दुई स्थानमा पर्छ, म. ब. रा. नि. को मध्यवर्ती क्षेत्र र डिभिजन बन को क्षेत्र । तर किन अनुमती पत्रमा म. ब. रा. नि. लेख्यो? किन डिभिजन बनलाई लेखिएन ?
प्रस्न . ५. किन जिल्लाको प्रतिनिधि हेलिमा राखेर अपडाउन गर्नु पर्यो ? के भोटखोलामा रहेको ५ वटा नेपाल प्रहरिको प्रतिनिधि गृहको होइन? बिस्वास भएन ? गाउपालिका सरकार के सरकार होइन ?
अन्तमा प्रशसानले स्थानिय सरकारको काममा कानुनी बाधाअडचन् लाई सहजिकरण गरि सहज बातावरण सिर्जना गर्नु पर्नेमा कानुनी बखेडा निकाली भोटखोला गाउपालिकालाई हेर्ने दृस्टिकोण नकरात्मक रहेको हामिले महसुस गरेका छौ र यो कार्यप्रती भोटखोला गाउपालिका दुख प्रकट गर्दछ । सम्पुर्ण भोटखोला आमबासिहरु जिल्ला प्रशासनको यो कार्य र भोट्खोला गाउपालिकालाई अपमानित गरेकोमा सबै पक्षबाट सामाजिक सन्जालमा बिरोध जनाउन अह्वान गर्दछु। जिल्लाका राजनितिक दलका प्रमुखलाई यो बिसयमा ध्यान केन्द्रीत हुन अनुरोध गर्द्छु । जिल्ला स्थित सम्पुर्ण मिडियाकर्मिलाई हार्दिक अनुरोध छ कि यथार्थ समचार सम्प्रेसण गरिदिन हुन । मेरा अन्य गाउपालिका र नगरपालिकाका स्थानिय सरकारलाई पनि यो बिसयमा ऐकबध्यता जनाई दिन हुन हार्दिक अपिल गरिन्छ ।
Discussion about this post