पृथ्वीनारायण शाह भएर नेपाल भएको हैन – डम्बर खतिवडा

धरान । पौष २७ गते पृथ्वीनारायणको जयन्ती मनाउन सार्वजनिक बिदा दिइरहेका बेला राजनीतिक विश्लेषक डम्बर खतिवडाले पृथ्वीनारायण शाह भएर नेपाल नभएको जनाएको छ ।

खतिवडाले सामाजिक संजालमा स्टाटस लेख्दै यस्तो अभिव्यक्ति दिएका हुन । उनले नेपाल कम्तीमा ४५ सय वर्ष पुरानो देश भएको दाबि गरिएको छ । पृथ्वीनारायण शाह तिन सय वर्ष अगाडिको मात्र भएको दाबि गरिएको छ । नेपाल देश भएकै कारण पृथ्वीनारायण भएको दाबि गरिएको छ । पृथ्वीनारायणले नेपाल स्थापना नगरेको दाबि गरिएको छ । नेपाल राज्यमा शाह वंशको स्थापना भएको भन्दै तथ्य नबंग्याउन चुनौती दिएको छ । उनेले लेखेका छन – ” इतिहास फेरि पढौ सबैले । शाह वंश नेपालको पाहिलो होइन,अन्तिम राजवंश हो । पहिलो राजवंशले राज्य स्थापना गरेको मानिन्छ कि अन्तिमले ?”

खतिवडाको स्टाटस : 

पृथ्वीनारायण शाह भएर नेपाल भएको हैन, नेपाल भएर पृथ्वी नारायण शाह भएका हुन । नेपाल कम्तीमा ४५ सय बर्ष पुरानो राज्य हो । पृनाशा सन् १७२३ अर्थात करिब ३ सय बर्ष मात्रै अगाडिका हुन । पृनाशाले नेपाल राज्यको स्थापना गरेका हैनन, नेपाल राज्यमा शाह राजवंशको मात्रै स्थापना गरेका हुन, तथ्य नबङ्ग्याउँ । हिजोका शासकले जे पढाए, त्यही इतिहास हैन । ईतिहास फेरि पढौं सबैले । शाह वंश नेपालको पहिलो हैन, अन्तिम राजवंश हो । पहिलो राजवंशले राज्य स्थापना गरेको मानिन्छ कि अन्तिमले ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित