धरान । पौष २७ गते पृथ्वीनारायण शाहको दिवसको रुपमा पुनः वर्तमान प्रचण्ड सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि चौतर्फी बिरोध भएको छ ।
पौष २७ गते सार्वजनिक बिदा निर्णयको बिरोध गर्दै नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदले प्रेस बिज्ञप्ति जारी गर्दै बिदा गरेको प्रति बिरोध जनाएको छ । महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा सार्वजनिक बिदा दिनेप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । पृथ्वीनारायण शाहले गोर्खा राज्य बिस्तार गर्ने क्रममा सहमतिको आधारमा नभै फौजि आक्रमणको बलमा आदिवासी समुदायको बिभिन्न स्वशासित कब्जामा लिएको हुँदा यसलाई किमार्थ एकता र एकीकरण मान्न नसकिने उल्लेख छ ।
त्यसैगरी सार्वजनिक बिदा दिने बिषयमा राष्ट्रिय जनमुक्ति पार्टीले पनि बिरोध जनाएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले प्रेस बिज्ञप्ति जारी गर्दै पौष २७ गतेको बिदाको बिरोध जनाएको छ । पार्टीले पौष २७ गते पृथ्वी जयन्तीको नाममा दिएको सार्वजनिक बिदा संघीय गणतन्त्रको मर्म बिपरित भएकोले बिरोध रहेको उल्लेख ।
त्यसैगरी जनता समाजवादी पार्टीले पनि पौष २७ को बिदाको बिरोधसंगै असहमति जनाएको छ । पार्टीले स्पष्ट रुपमा बिदा प्रति असहमति जनाएको छ भने पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि ब्यक्तिगत रुपमा यसको बिरोध र असहमति जनाईसकेको छ ।
पौष २७ गते प्रचण्ड सरकारले सार्वजनिक बिदा दिने बिषयमा नेपाली काङ्ग्रेस,एमाले,नेकपा एस लगायतका राजनीतिक दल भने अहिलेसम्म मौन रहेको छ ।
Discussion about this post