पौष २७ गतेको बिदा जन आन्दोलनको मर्म र भवना बिपरित शहीदहरूको अपमान – उपेन्द्र यादव

धरान । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले पौष २७ गतेको सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति असहमति जनाउदै उक्त कार्य जन आन्दोलनको मर्म र भवना बिपरित कार्य हुनुका साथै शहीदहरूको अपमान भएको जनाएको छ ।

जसपा अध्यक्ष यादवले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पृथ्वीनारायण शाहको बिषयमा दिने भनिएको सार्वजनिक बिदाप्रति असहमति जनाएको हो । पौष २७ गतेको सार्वजनिक बिदाको बिषयलाई लिएर जनता समाजवादी पार्टीको सहमति नरहेको यसअघि स्पष्ट पारिसकेको छ ।
अध्यक्ष उपेन्द्र यादवको स्टाटस :
राजतन्त्रत्मक निरंकुश पन्चायतती ब्यबस्थाले स्थपित गरेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई २०६२/०६३को जन आन्दोलनद्वारा खारेज गरीएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले र माओवादी ) को नेतृत्वमा रहेको पुस्पकमल दहाल उर्फ “प्रचण्ड” को सरकारले यसलाई पुनर्स्थापित गर्नु जन आन्दोलनको मर्म र भवना बिपरित कार्य हुनुका साथै शहीदहरूको अपमान गर्नु पनि हो । यसले विबिधतामा एकता हैन, एकतामा विभेद, असमानता र विबिधता नै उत्पन्न गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित