पृनाशाकाे(पृथ्वीनारायण शाह) बराजुकाे पालामा मुसलमानद्वारा भारतबाट लखेटिएर केही बाहुनहरू नेपाल भित्रिए । द्रव्य शाह( जसले राजा मानसिह खडकामगरलाई छल गरेर काटी मारेका थिए) काे पालामा नारायण आर्याल र गणेश पण्डे बाहुनकाे चलाखीमा शाह खलक राजाहरू सबै हिन्दुभएका थिए । पछि बाहुनहरूकै उक्साहट र सल्लाहमा पृनाशाले नेपाललाई असली हिन्दुस्तान बनाउँछु भनेर काटमारमा उत्रेका थिए ।
शुरूमा आफूलाई मगरातकाे राजा ठान्ने पृनाशा पछि पुरै हिन्दुकरण भए । उनले सबै वंश भुलेर बाहुनकाे काश्यप गाेत्र लिए ।
पुर्वाग्रही कथित वाहुन विद्वानहरूले पृथ्वी नारायण शाह भन्दा अगाडि नेपाल थिएन, उनले नै नेपाल एकीकरण गरेर अहिलेकाे विशाल नेपाल भएकाे हाे भनेर भन्दैआएका छन् । तर यसाे हाेइन ।
नेपालकाे भुगाेल र नेपाली भावना पृनाशाभन्दा अगाडि नै थियाे ।
#किरात राजा “स्थुङ्काे” ले लुम्बिनीमा भारतका राजा अशाेकद्वारा बनाउन लगाइएकाे टुप्पाेमा घाेडाकाे मुर्ती जडित स्तम्भ भत्काइदिएका थिए । आफ्नाे राज्य भूमिमा विदेशी शासकले कुनै पनि संरचना निर्माण गर्नु भाैगाेलिक अतिक्रमण हाे । त्यसकारण त्याे गर्न दिइन्नथ्याे । यही सिद्धान्तमा रहेर आफ्नाे भूमिमा बिदेशीले बनाएकाे संरचना किराँती राजा स्थुङ्काेले भत्काइदिए ।
यसबाट प्रष्ट हुन्छ कि नेपालकाे भूमि उ बेला लुम्बिनी पनि रहेछ ।
#इतिहासकार धनबज्र बज्राचार्य अनुसार, दोलखा, मूलकोट, गोरखामा लिच्छवी राजाहरूका अभिलेखहरू छन् । बागलुङ्गमा मानदेवको सिक्का, जुम्लाको गुफामा लिच्छवी राजाहरूका लिपी र उनीहरूको संकेत अंकबाट कुँदिएका चैत्यहरू पाइएका छन् ।
यसबाट लिच्छवीकालमा ती ठाउँहरू नेपालमा पर्थ्याे भन्ने प्रमाण मिल्छ किनकि आफ्नाे भूगाेलमा मात्र राजाहरूले आफ्ना सिक्का, लिपि , अभिलेख र संरचना प्रयाेग र निर्माण गर्छन् ।
#बौद्धभिक्षु हु–एन–साङ्ले सन् ६३१ देखि ६३७ सम्म भारतको भ्रमण गर्दा नेपालकाे वर्णनमा भारतको उत्तरमा नेपाल भन्ने एउटा राज्य छ जसकाे घेरा तीन हजार ली छ भनेर उल्लेख गरेका थिए । त्याे तीन हजार ली भनेको नेपाली नाप १४ सय माइल हो । वर्तमान नेपालकाे नाप त्यति जति नै हुन आउँछ ।
#भारतकाे राजा समुद्र गुप्ताले प्रयागमा एउटा यस्ताे अभिलेख राखेका थिए : ‘समतट, डवाक, कामरुप, नेपाल, कर्तृपुर’ । यसको अर्थ हुन्छ कि नेपाल डवाक र कर्तृपुरको बीचमा वा कामरुप र कर्तृपुरको बीचमा रहेकाे छ । समतट भनेको समुद्रकिनारको इलाका वंगाल र उडिसा, डवाक भनेको उत्तरी बंगालमा पर्ने डुवार, कामरुप भनेको आसाम र कर्तृपुर भनेको कुमाउ हो । याे भनेको त अहिलेकै नेपाल नै हाे ।
#मानदेवको चाँगु अभिलेखको आधारमा पनि त्यतिबेलाको नेपाल अहिलेजतिकै क्षेत्रफलको थियो भन्ने कुरा प्रमाणित हुन्छ । त्यस अभिलेखमा बावुको मृत्युपछि मानदेव सानै उमेरमा राजा भएकोले पूर्व कोशीपारिका र पश्चिम गण्डकी पारिका सामन्तहरुले केन्द्रको अधीनमा नबसी स्वतन्त्र हुन खोजेकोले मानदेवले सेना पठाई उनीहरुलाई कावुमा लिएका थिए भन्ने उल्लेख गरिएको छ ।
#विद्वान ऋषिकेश शाहले एक ठाउँ उल्लेख गर्नुभए अनुसार, उपत्यका विजय गर्नुभन्दा पहिला पृथ्वीनारायण शाह काशी गएका थिए । उनले त्यहाँ एकजना पहाडे बाहुनलाई भेटे र त्याे बाहुनलाई साेधे ‘तिमी कहाँबाट आएको हो ?’ ‘म नेपालबाट आएको हुँ’ भनेर बाहुनले जवाफ दिए ।
‘नेपालमा मल्ल राजाहरुको बीचमा अहिले मेल छ कि झगडा छ ?’ भनेर पृथ्वीनारायण शाहले फेरि अर्को प्रश्न गरे । त्याे बाहुनले ‘म काठमण्डौंबाट आएको होइन, तनहुँबाट आएको हुँ’ भनेर जवाफ दिए ।
‘तनहुँबाट आएको मान्छेले किन नेपालबाट आएको भनेको त ?’ भनेर पृथ्वीनारायण शाहले गरेको प्रश्नमा बाहुनले यसरी जवाफ दिएका थिए: ‘त्यहाँ बस्दा हामी कान्तिपुर, ललितपुर, भक्तपुर, तनहुँ, गोरखा भन्ने गर्छौं, तर मुग्लान पसेपछि ती सबैलाई नै हामी नेपाल भन्छौं ।’
हाे, नेपाल र नेपाली भन्ने भावना पृनाशा भन्दा पहिले नै थिएछ।
Discussion about this post