धरान । धरान उपमहानगर भित्रको अस्तव्यस्त यातायातलाई व्यावस्थापन गर्नको लागि धरान उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रमेश राईको संयोजकत्वमा एउटा कार्यदल गठन भएको छ ।
सोमबार धरान उपमहानगरपालिकाको सभा हलमा बसेको बृहत छलफलले उक्त कार्यदल गठन गरिएको हो । कार्यदलमा जम्मा १७ जना रहेका छन । ट्राफिक प्रहरी सहित रहेको सो कार्यदलमा यातायात व्यावसायी प्रतिनिधि समेत रहेका छन । कार्यदललाई १० दिने म्याद दिइ व्यावस्थापन सम्बन्धि अध्ययन गरेर प्रतिवेदन बुझाउने निर्णय समेत गरेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङको अध्यक्षतामा धरान उपमहानगरपालिकाका वडा अध्यक्ष कार्यपालिका सदस्य यातायात व्यावसायी लगायतको संयुक्त सहभागीतामा धरानमा रहेको अव्यवस्थित यातायात सवारीलाई कसरी व्यावस्थापन गर्ने भन्ने बिषयमा बृहत छलफल भएका थिए ।
Discussion about this post