कुरो र कुलो कुदेको धरानको आइयुडिपिमा पानी कुदेन(भिडियो सहित )

धरान । एडिबिको रिण परियोजनामा धरानको खानेपानीमा भ्रष्टाचार भएको भनेर आवाज उठाई स्थानीय निर्वाचन मार्फत मेयर बनेका हर्क साङ्पाङले खर्चको विवरण सार्वजनिक गरेको छ ।

आईतवार धरान उपमहानगर परिसरमा सार्वजनिक रुपमा इन्जिनियर राजु पोखरेलले तत्कालीन आयोजनामा खर्च भएका विवरण सार्वजनिक गरेको हो । खर्च विवरण सार्वजनिक गर्दा त्यहाँ उपस्थित भएका सर्वसाधारणले भ्रष्टाचार भएको भन्दै एडिबिलाई तिर्नुपर्ने रिण तिर्न नहुने आवाज उठेका थिए ।

राजु पोख्रेलले भ्याट सहित १ अर्व ७४ करोड ७९ लाख ९२ हजार २४२ रुपैया सार्वजनिक गरेको छ । ठेक्का कम्पनी तियान्जि तुदि कम्पनीलाई अव ४६ लाख ९५ हजार १६७ रुपैया २०७९ पौष २४ सम्म दिन बाँकी रहेको जनाएको छ । हालसम्म प्राप्त स्रोतमा नेपाल सरकारबाट ५०,१३,९४३३१ एडिबिबाट ६५,८९५७७३१ नगर कोषबाट ६२,१३,५३१६६ नगरपालिकाबाट ३८०१३३९३४ गरि कुल २ अर्व ६१ करोड ८३ लाख ९ हजार १६३ देखाएको छ । खानेपानी आयोजना निर्माण मुल्य समायोजन सहित २ अर्व १६ करोड १८ लाख ३९ हजार १६३ रुपैया देखाएको छ ।

बिजयपुरको घटनालाई देखाउदै आयोजना ढिला भएको त्यसपछि इण्टरकनेक्सनको कुरा गरिए पनि अहिले बनिएको संरचनामा पनि पर्याप्त पानी भने छैन । शुरुमा १६ घण्टा दैनिक पानी दिने र तिन तलासम्म बिना मोर्टरले प्रेसरमा पानी आयोजनाको तयारी भए पनि अन्ततः रिणको भार बोकाएको आरोप उपस्थित धरानबासिले गरेका थिए । आक्रोशमा रहेका धरान १३ का एक वृद्ध कुमार बलले इन्जिनियर राजु पोखरेलको योग्यता क्षमतामा नै प्रश्न गरे । उनले कुलमान घिसिङ पनि इन्जिनियर भएको उदाहरण दिदै राजु पोखरेल केको इन्जिनियर हो भन्दै आक्रोश पोखे । राम्रो कामको मला लगाई नगर परिक्रमा गरिने भन्दै अन्य उपस्थितले नराम्रो कामको जुत्ताको माला समेत लगाउने चेतावनी दिए । एकातिर संरचनामा भ्रष्टाचार भएको अर्कोतिर भएको संरचनामा पानी न आएको भन्दै ककस्ले भ्रष्टाचार गरेको हो नाम बताउन भन्दै तिर्नुपर्ने रिन उनिहरुको जायजेथाबाट अशुल गर्ने चेतावनी दिए ।धरान १० का गंगा बिसु राईले तत्कालीन  उपमेयर एबम कार्यवाहक मेयर मन्जु भण्डारी समेत हुनुपर्ने माग राखे । उनले अवका रिण धरान्ने जनताले तिर्न नसक्ने जिकिर गरे । स्वयं राजु पोखरेललाई तत्कालीन अवस्थामा प्रश्न गरेको स्मरण गराउदै पानी आउने आश्वासन दिएको बताए । तर अहिले पानी न आएको भन्दै भ्रष्टाचार भएको दाबि गरे । अवको रिन भ्रष्टाचार गर्नेहरुको जायजेथाबाट हुनुपर्ने माग गरे ।(भिडियो बिस्तृत हेर्नुस् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित