प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

बिराटनगर । प्रदेश नम्बर १ को मुख्यमन्त्री पदमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन ।

आज कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङद्वारा नियुक्त गरिएको छ । कार्किलाई नेपालको संविधान (२०७२) को धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेको कुरा प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

हिक्मत कार्किलाई मुख्यमन्त्री बनाउन जनता समाजवादी पार्टी,नेकपा माओबादि केन्द्र र राप्रपाले समर्थन गरेका थिए । केन्द्रिय समीकरणसंगै प्रदेश १ मा पनि उपरोक्त राजनीतिक दलले समर्थन गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित