विवादस्पत छुजुङ खोला जलविद्युतमा वडा अध्यक्ष र गाउँपालिकाको राय बाझियो

धरान । विवादस्पत छुजुङ खोलाको परियोजना साङ्ग्रीला उर्जा कम्पनीलाई अघि बढाउन सकिने राय दिएको पत्र सार्वजनिक पछि भने भोटखोला गाउँपालिकाको राय वडासंग बाझिएको छ ।

भोटखोला गाउँपालिकाले बिद्युत बिकास विभागलाई चार बुँदे सुझाव सहित अप्रिय घटना समेत हुनसक्ने भन्दै तत्काल अनुमति दिन नहुने खालको राय पेश गरिएको पत्र सार्वजनिक भएको छ ।

तत्कालिन चेपुवा गा. बि. स. वडा नम्बर ९  र हालको भोटखोला गाउँपालिका वडा नम्बर २ थुदाम हुँदै बग्ने छुजुङ खोला अरुण नदिमा मिसिन्छ । अरुण नदि नजिक साग्रीला उर्जा कम्पनिले बिद्युत निकाल्ने भनेर गत साल भोटखोला गाउँपालिका २ च्याम्ताङमा सार्वजनिक सुनुवाइ गरेका थिए । उक्त सार्वजनिक सुनुवाइमा दिन हुने र नहुने भन्दै पक्ष विपक्ष भएका थिए  । त्यसको केहि महिनापछि भने सांग्रीला उर्जा कम्पनीले पैसा दिएर वातावरणीय मुल्यांकन गरेको आरोप स्थानियको छ । त्यसपछि गत मंसिरमा अनुमतिको लागि भनेर बिद्युत बिकास विभागले ३५ दिने सार्वजनिक सुचना गरेपछि च्याम्ताङ काठमाडौ  कल्याण समाजले प्रदेश १ मुख्यमन्त्री,मानव अधिकार आयो,जिल्ला प्रशासन कार्यालय संखुवासभा,भोटखोला गाउँपालिका र भोटखोला २ वडा कार्यालय लगायतलाई परियोजना विरुद्ध ध्यानाकर्षण पत्र बुझाएका थिए ।

तत्काल निम्न अनुसारको कार्यगर्न सुझाव सहित विद्युत विकास विभागलाई रायप्रतिक्रिया :

• विद्युत विकास विभाग प्रतिनिधि, संखुवासभा जिल्ला समन्वय समिति प्रतिनिधि, संखुवासभा डिभिजन बन कार्यालय प्रतिनिधि, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला संखुवासभा प्रतिनिधि, संखुवासभा आदिवासी जिल्ला समन्वय परिषदको प्रतिनिधि भोटखोला गाँउपालिका र २ नं. वडा अध्यक्ष सहितको टिमको संयुक्त स्थलगत अध्ययन र अनुगमन गर्नु पर्ने ।

• व्याम्ताङ गाँउमा सृजना भएको समुहगत द्वन्दलाई यथासाक्य समधान गरी समाजमा भयवह रहित वातावरणको सृजना गर्नु पर्ने ।

• समुहगत इन्दलाई समधान नगरी आयोजना जवरजस्ति कार्यन्वयन गरेमा आयोजनाको तत्कालिन र दिर्घकालीन उत्पादन, प्रवर्द्धनकार्यमा बाधाअवरोध उत्पन्न भई अप्रिय घटना हुन सक्ने प्रवल संभावना रहेको ।

• समस्या समधान गरेरमात्र आयोजनाको गतिविधि अगाडी बढाउनु पर्ने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित