धरान । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एब सुनसरी १ का सांसद अशोक राई अहिले राजनीतिक समीकरणको कारण सबैभन्दा खतरा धर्म निरपेक्षमा हुनसक्ने बताए ।
अध्यक्ष तथा सांसद अशोक राईले शनिबार पार्टी कार्याकर्ता भेटघाटको अवसरमा यस्तो कुरा बताएका हुन । छिमेकी मुलुक समेत हिन्दु धर्म प्रति आस्था रहेको भन्दै आगामी दिनमा यस्तो खतरा हुनसक्ने बताए । यस्तो अवस्थामा सबै सचेत हुनुपर्ने अवस्था रहेको राईले बताए ।
२५ गते संसद अधिवेशन बोलाएको भन्दै २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका भएको बताए । अध्यक्ष सांसद राईले अहिलेको संबैधानिक व्यावस्था अनुसार को ठुलो दल बन्ने भन्ने रणनीति अनुसार एकले अर्को दल मिल्ने मिलाउने पनि भैरहेको बताए । त्यहि अनुसार एमालेले माधब नेपालको पार्टी मिलाउने तयारी भैरहेको बताए । हाल काङ्ग्रेस ठुलो पार्टी भएको भन्दै संबैधानिक व्यावस्था अनुसार दुई वा दुई भन्दा बढि पार्टीको सरकार गठनको तयारी भएको बताए । एमालेले आफु ठुलो पार्टी बनाएपछि फेरि पनि ठुलो दलको हैसियतले सरकार गठन गर्ने रणनीति गरेको खुलासा गरे ।
२६ गतेको विश्वासको मत लिएको खण्डमा प्रचण्ड दुई वर्षका लागि प्रधानमन्त्री हुने बताए । संबैधानिक व्यावस्था अनुसार एकपटक विशावसको मत लिइसकेपछि दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाउने प्रावधान रहेको बताए । तर पनि दुई वा दुई भन्दा बढि पार्टीको समर्थनमा बनेको सरकारले कुनै दलले विश्वासको मत फिर्ता लिँदा फेरि पनि सरकार संकटमा पर्ने अवस्था रहेको बताए । यस्तो अवस्था तेस्रो बैकल्पिक संबैधानिक प्रावधान अनुसार एमाले ठुलो दल बनेको अवस्थामा प्रचण्डलाई लात मार्ने अवस्था रहेको बताए ।
अशोक राईले आफु निर्वाचित भएर जिम्मेवार काँधमा आईसकेको भन्दै तत्कालीन अवस्थामा कसैलाई घोचपेच गालि नगरी बिकास निर्माणको कुरा मात्र लिएर गएको बताए । अव आफुले बोलिएका कुरा र भोट माग्दा कार्यकर्ताले बोलेको कुरा पुरा गर्नेबेला भएको बताए । त्यसै क्रममा धरानका मेयर हर्क साङ्पाङसंग पनि भेटघाट भएको बताए । यसै क्रममा धरान लेउति सुरुङ मार्ग र सप्तकोशिको पानीको बिषयमा छलफल भएकोले ति कुरा क्रमिक रुपमा अगाडि बढ्ने बताए । धरानको छ लेनको बाटो चासोको बिषय रहेको भन्दै चार लेनमा झारेर लानको लागि
अशोक राई सुनसरी १ बाट निर्वाचित भएर काठमाडौ गएपछि पहिलोपटक धरान आएका हुन । धरान डे को अवसर पारेर गत पौष २० गते उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा आएका हुन ।
Discussion about this post