संखुवासभा । पछिल्लो समयमा विवाद बढ्दै गएको छुजुङ खोला जलविद्युत परियोजनाको बिषयमा सांग्रीला उर्जा कम्पनीलाई वडा अध्यक्ष जिप्पा तेन्जिङ भोटेले राय सुझाव सहित प्रक्रिया अघि बढाउन स्वीकृत दिएको छ ।
भोटखोला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जिप्पा तेन्जिङलाई गत मंसिर २६ गते गाउँपालिका प्रमुख वाङछेदर लामा र जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी सहितलाई परियोजना अगाडि नबढाउन ध्यानाकर्षण पत्र बुझाएका थिए । तर वडा अध्यक्षले परियोजना प्रक्रिया अगाडि बढाउन भनेर मिति २०७९/९/१३ गते बिद्युत विकास विभाग काठमाडौलाई प्रक्रिया बढाउन पत्र काटिएको सार्वजनिक भएको छ । वडा अध्यक्ष जिप्पा तेन्जिङको हस्ताक्षर रहेको पत्रमा – “प्रस्तुत विषयमा तहाँ विभागको मिति २०७१/८/२३. प.नं. २०७९/०८०, च.नं.६१३ को पत्र प्राप्त भई व्यहोरा अवगत भयो ।
त्यस सम्बन्धमा यस वडा कार्यालयबाट मिति २०७८/१२/३० को चन ५९० को सिफारिस पत्र मुताविक यस भोटखोला गाउँपालिकाबाट समेत सिफारिस भई छुजुङ्गखोला जलविद्युत आयोजनाको EIA प्रतिवेदन स्वीकृत समेत भैसकेको अवस्थामा यस वडा कार्यालयको अन्य कुनै सिफारिस नभएकोले नियम अनुसार प्रक्रिया अगाडी बढाउँदा अन्यथा नरहेको राय पेश गरिएको छ,उल्लेख छ ।”
वडा अध्यक्षले यस बिषयमा पत्राचार गरेको भन्दै पैसा खाएर स्वीकृत दिएको आरोप लगाएको सामाजिक संजालमा आएको छ । संजालमा ध्यानाकर्षण पत्रको अवज्ञा गर्दै पैसा खाएर दिएको आरोप छ ।
छुजुङ खोला परियोजनाको बिषयमा गत पौष ११ गते भोटखोला गाउँपालिकाका प्रमुख वाङछेदर लामालाई चिसेफायुले फोनमा बुझ्दा विद्युत बिकासबाट वास्तविकता बुझ्न भनेर पत्र आएको जानकारी दिएका थिए । तर वडाले भने पौष १३ गते प्रक्रिया बढाउन सकिने पत्राचार गरिएको छ ।
Discussion about this post