संखुवासभाको उत्तरी क्षेत्रमा पहिलो प्राविधिक शिक्षा, अरु जिल्ला जत्तिकै गुणस्तर शिक्षा दिन सक्षम –  छिरिङ तेम्बा प्रधानाध्यापक

शिङ्सा क्षेत्र (संखुवासभा सभा) । चीन सिमा जोडिएको शिङ्सा क्षेत्र हालको भोटखोला गाउँपालिकामा रहेको अरुणोदय माबि लिङ्गममा अन्य जिल्लामा जत्तिकै गुणस्तर शिक्षा प्रदान गरिने कुरा प्रधानाध्यापक छितिङ तेम्बा लामाले बताए ।

कर्मा ज्यामु पुस्तकालय लिङ्गम

प्रधानाध्यापकले चिसेफायुसंग अन्तर्वार्ताको क्रममा छ्याङ्कुटि उत्तरमा नै पहिलो प्राविधिक शिक्षा संचालन भएको भन्दै गुणस्तर शिक्षा दिन प्रतिबद्ध रहेको बताए । हाल अरुणोदय माबिमा  ११ र १२ कक्षामा बनस्पति बिज्ञानको कक्षा संचालन भएको बताउदै उच्च शिक्षाको लागि बिज्ञान बिषयमा अध्ययन गर्नका लागि टेवा मिल्ने बताए । यस बिषयले फरेष्ट्री तथा एमबिबिएससम्म अध्ययन गर्न सकिने बताए । यस बिद्यालयमा प्राविधिक शिक्षा अध्ययनले पढाइसंगसंगै आर्थिक उपार्जन समेत हुने बताए । व्यावहारिक शिक्षासंगै शैक्षिक हबको रुपमा अरुणोदय माबिको लक्ष्य रहेको बताए । एसईई सकेर सदरमुकाम तथा अन्य जिल्लामा केहि विद्यार्थी जाने भए पनि त्यहाँका शिक्षा जत्तिकै गुणस्तर तथा सस्तो प्रदान भैरहेको बताए ।

प्रधानाध्यापक छिरिङले भावी योजना समेत सुनाउदै आधारभुत विद्यालयमा अङ्ग्रेजी शिक्षाको मोहका कारण विद्यार्थी संख्या घट्दै गएको भन्दै आवासिय बिद्यालयको अवधारणा रहेको बताए । स्थानीय ऐतिहासिक सांस्कृतिक सम्पदा लगायत लोप भैरहेको भन्दै मिनि म्युजियमको रुपमा सामग्री संकलन गर्ने काम भैरहेको बताए । जसलाई हाल कर्म – ज्यामु पुस्तकालयमा राखिएको भन्दै जस्ले सामाजिक अध्ययनको लागि विद्यार्थीलाई सहज हुने बताए । भोटखोला गाउँपालिकाबाट चालु आर्थिक वर्षमा १० लाख विनियोजन भएको भन्दै उक्त बजेट खेल मैदान सम्याउन कार्यान्वयन गरिने बताए ।

कम्प्युटर कक्षा

हाल तिन सय जना विद्यार्थी कक्षा ६ देखि अध्ययनरत रहेको बताउदै जसका लागि भवनको समस्या रहेको बताए । भवन अभावमा यतिबेला पाखा चौरमा समेत अध्यापन गर्नुपर्ने बाध्यता रहेको बताए । कम्प्युटर कक्षा  समेत संचालन भैरहेको भन्दै विभिन्न ब्यक्ति संघसंस्था दातृ निकायले उपलब्ध गरिएको कम्प्युटरले समय सापेक्ष प्राविधिक ज्ञान दिइरहेको छ । तर विद्यार्थी अनुसार भने कम्प्युटर पर्याप्त नभएको भन्दै विभिन्न ब्यक्ति संघसंस्थालाई सहयोगको हात फैलाएको छ । यस विद्यालयमा हाल पुस्तकालयको व्यावस्था,बनस्पति बिज्ञानको लागि टनेल सहित व्यावहारिक अभ्यास स्थल ल्याब,कम्प्युटर कक्षा लगायतको सुबिधा उपलब्ध छ्न । हाल यस बिद्यालयमा स्थानीय सहित कपिलवस्तु,सुर्खेत,झापा,लगायतबाट शिक्षकहरुले अध्यापन गराईरहेका छ्न ।

मिनि म्युजियम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित