काठमाडौ । जनता समाजवादी पार्टीको राजनीतिक समितिको बैठक ५ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ ।
पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको काठमाडौ पार्टी कार्यालय बालकुमारीमा सम्पन्न भएको कुरा प्रचार विभाग प्रमुख पुर्ण बस्नेतले जानकारी दिए । त्यस अघि पार्टी केन्द्रिय कार्याकारीणि बैठक पौष १६ गते सकिएको हो ।
बैठकमा अध्यक्षद्व उपेन्द्र यादव र अशोक राईले मौखिक प्रतिवेदन राखेका थिए । प्रतिवेदनमा ४७ जना नेताहरुले आफ्ना धारणा राखेका थिए । बैठकमा “न्यूनतम साझा नीति तथा कार्यक्रम र सरकारमा सहभागिता” शिर्षकको कार्यसूचिमा २३ जना नेताहरु बोलेका थिए । आगामी चैत्रसम्ममा पार्टीको विधान अधिवेशन गर्ने र जेठसम्ममा पार्टीको महाधिवेशन गर्ने बैठकमा मोटामोटी सहमती भएको छ ।
जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिको बैठकले मुख्य ५ वटा निर्णयहरु गरेको छ ।
१. पार्टीका मूल सिद्धान्तहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीताको प्रतिकूल नहुने गरी सरकारले न्युनतम साझा नीति तथा कार्यक्रम ल्याएको अवस्थामा, पार्टीका माग र मुद्धा सम्बोधन हुने अवस्था देखिएमा र पावर सेयरीङमा सम्मानजनक अवस्था रहेमा पार्टी सरकारमा सहभागि हुने ।
२. विभिन्न राजनीतिक दल÷संगठनहरुसंग एकता सहकार्य तथा गठबन्धन सम्बन्धी वार्ता गर्नका लागि राजेन्द्रप्रसाद श्रेष्ठ संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन भएको छ । समितिको सदस्यहरुमा रकम चेम्जोङ र गोविन्द चौधरी छन् ।
३. क्रियाशिल एवम् प्रभावकारी नरहेका पार्टीका विभिन्न समिति÷संगठनहरुलाई क्रियाशिल बनाउन आवश्यक्ता अनुसार विघटन, गठन÷पुनर्गठन गर्नको लागि माघ मसान्त सम्मको समय सीमा दिइएको छ ।
४. निर्वाचनमा घात अन्तरघात गर्ने पार्टीका पदाधिकारी तथा सदस्यहरुमाथि जाँचबुझ र छानवीन गरी कारवाही गर्न शिवलाल थापाको संयोजकत्वमा ३ सदस्यीय छानवीन समिति गठन भएको छ । समितिको सदस्यहरुमा बालकिशोर यादव, अशोककुमार लगरवार, प्रमीला यादव र देवबहादुर दुरा रहेका छन् ।
५. पार्टी विधान अधिवेशनको लागि मस्यौदा तयार गर्न अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति गठन भएको छ । समितिको सदस्यहरुमा राजेन्द्रप्रसाद श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु राउत, सुशिला श्रेष्ठ, शिवलाल थापा, अशेश्वर यादव, भगवती सुवेदी, दीपेन्द्र झा, वीरेन्द्र ठाकुर र दीपक राई छन् ।
Discussion about this post