काठमाडौ । राष्ट्रपति विद्या भण्डारीले सरकार गठनको लागि बोलाएको समय सिमा भित्र सात दलको समर्थनमा नेकपा माओबादि केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय पुगेको छ ।
प्रचण्डलाई प्रधानमन्त्री बन्नको लागि सात दलले समर्थन गरेसंगै समय सिमा भित्र दाबि सहित प्रचण्ड पुगेको हो । राष्ट्रपति समक्ष सात दलको अध्यक्ष सहितको हस्तापत्र सहित प्रचण्ड प्रधानमन्त्री दाबि गर्दै पुगेका हुन ।
पत्रमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुष ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि दावी पेश गर्न आव्हान भएकोमा सोही समय सीमा भित्रै प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता श्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको व्यहोरा अनुरोध गर्दछौं उल्लेख छ ।
पत्रमा हामी हस्ताक्षकर्ता दलहरुले प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य संख्या कुल प्रतिनिधि सभा सदस्य संख्याको बहुमत रहेको हुँदा उहाँलाई संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गरिदिनुहुन अनुरोध छ जनाएको छ ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन केपी शर्मा ओली संसदीय दलका नेता, नेपाल कम्युनिष्ट पार्टी (एमाले), कुल सदस्य संख्या ७८ सहित समर्थन जनाएको छ । माओवादीको कुल सदस्य संख्या ३२ रहेका छन । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने संसदीय दलका नेता, कुल सदस्य संख्या २० सहित समर्थन दिएको छ ।
राप्रपाका राजेन्द्र लिङ्देन संसदीय दलका नेता कुल सदस्य संख्या १४ चन्द्रकान्त राउत संसदीय दलका नेता, जनमत पार्टी, कुल सदस्य संख्या ६ जना रञ्जिता श्रेष्ठ संसदीय दलका नेता, नागरिक उन्मुक्ति पार्टी, कुल सदस्य संख्या ४ र जनता समाजवादी पार्टी उपेन्द्र यादव सदस्य संख्या १२ सहित समर्थन जनाएको छ ।
Discussion about this post