फेरि कोरोनाको संत्रास,कोरोना खोपले काम नगरेको हो?

संखुवासभा । छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखिएको भन्दै गृह मन्त्रालयले सबैलाई सतर्क गराएको छ ।

गृह मन्त्रालयले पौष ९ गते सुचना जारी गर्दै कोभिड – १९ को संक्रमण नेपालमा कम हुँदै गएतापनि विश्वव्यापी रुपमा हेर्दा छिमेकी राष्ट्र लगायत केही देशरुमा संक्रमणका नयाँ स्वरुप (भेरियन्ट) देखापरेको र सो को जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सुसूचित हुन आवश्यक रहेको जनाएको छ ।

सूचनामा जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहहरु लगायत सरोकारवालाहरुको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने भनिएको छ । एक अर्कामा भौतिक दुरी कायम राख्ने, व्यक्तिगत सरसफाई लगायत आवश्यक स्वास्थ्य प्रोटोकल पालना गर्ने व्यवस्था मिलाउन सवैमा अनुरोध गरिन्छ भनिएको छ ।

कोभिड – १९ को संक्रमण नेपालमा कम हुँदै गएतापनि विश्वव्यापी रुपमा हेर्दा छिमेकी राष्ट्र लगायत केही देशरुमा संक्रमणका नयाँ स्वरुप (भेरियन्ट) देखापरेको र सो को जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सुसूचित हुन आवश्यक छ । यसै सन्दर्भमा जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहहरु लगायत सरोकारवालाहरुको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, एक अर्कामा भौतिक दुरी कायम राख्ने, व्यक्तिगत सरसफाई लगायत आवश्यक स्वास्थ्य प्रोटोकल पालना गर्ने व्यवस्था मिलाउन सवैमा अनुरोध गरिन्छ ।

यस अघि कोरोनाबाट बच्नको लागि भन्दै धेरै देशले उत्पादन गरेको बिभिन्न प्रकारको खोप नेपालमा लगाएको छ । तर खोप लगाएको भएतापनि संक्रमित हुने जनाएको छ । खोप लगाएकोले पनि मास्क सेनिटाईजर प्रयोग गर्न सुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित