बुढासुब्बा गोल्डकप जितेको चार वर्षसम्म पुरस्कार नदिएको भन्दै अखिल नेपाल फुटबल संघमा उजुरी

धरान । बुढासुब्बा गोल्ड्कप बिजेता मनाङ मर्स्याङ्दिले जितेको चार वर्षसम्म पुरस्कार हात नपारेको भन्दै धरान फुटबल क्लब विरुद्ध उजुरी दिएको छ ।

मनाङ मर्स्याङ्दि क्लबका अध्यक्ष बिजय घलेले अखिल नेपाल फुटबल संघमा निवेदन दिदै २०७६ फागुन १० देखि १७ गतेसम्म आयोजित २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप अन्तर्गत यस मनाङ मर्स्याङदी क्लव, काठमाडौंद्वारा २२औं संस्करणको विजेता भएको तर आजको मिति सम्म पनि उपाधी रकम रु. ७ लाख प्राप्त नभएको निवेदनमा उल्लेख छ । क्लबले हालसम्म आफुले जितेको पुरस्कार नपाएको भन्दै धरान क्लबलाई पोखराको आहा रारा पोखरा गोल्डक्लबमा सहभागी नगराउन भनिएको छ ।

निवेदनमा – “सहारा क्लब पोखराद्वारा २०७९।९।१४ देखि २०७९।९।२३ सम्म आयोजना हुने २२औं आहा रारा पोखरा गोल्डकप २०२३ मा धरान फुटबल क्लब सहभागी हुने भएको हुँदा अखिल नेपाल फुटबल संघद्वारा मान्यता प्राप्त फुटबल प्रतियोगितामा पुरस्कार रकम वितरण नभई सहभागी हुन नपाउने व्यवस्था मिलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु,उल्लेख छ ।”

निवेदन :
श्रीमान अध्यक्षज्यू
अखिल नेपाल फुटबल
संघ सातदोबाटो, ललितपुर

विषय: पुरस्कार रकम प्राप्त नभएको सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा धरान फुटबल क्लवद्वारा मिति २०७६।११।१० देखि २०७६।११।१७ गते सम्म आयोजित २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप अन्तर्गत यस मनाङ मर्स्याङदी क्लव, काठमाडौंद्वारा २२औं संस्करणको विजेता भएको तर आजको मिति सम्म पनि उपाधी रकम रु. ७,००,०००/- (अक्षरुपी रु सात लाख मात्र) प्राप्त नभएको जानकारी गराउँदै सहारा क्लब पोखराद्वारा २०७९।९।१४ देखि २०७९।९।२३ सम्म आयोजना हुने २२औं आहा रारा पोखरा गोल्डकप २०२३ मा धरान फुटबल क्लब सहभागी हुने भएको हुँदा अखिल नेपाल फुटबल संघद्वारा मान्यता प्राप्त फुटबल प्रतियोगितामा पुरस्कार रकम वितरण नभई सहभागी हुन नपाउने व्यवस्था मिलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।

विजय घले

अध्यक्ष

मनाङ मर्स्याङदी क्लब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित