बाङ्गे नडाहा रोड खण्डमा कमसल मसला युक्त ड्रेन निर्माण गर्दै पिके कन्स्ट्रक्सन,स्थानीयले गरे बिरोध

धनराज राई
सुनसरी (बराहक्षेत्र )। बराहक्षेत्र नगरपालिका -३ अन्तर्गत बाङ्गे,इक्राई,नडाह,धरान रोड खण्डको रोड निर्माण कार्यमा सिमेन्टिको मात्र कम लगाएर ड्रेन निर्माण गरिएको भन्दै स्थानीयले बिरोध गरेका छन ।

चालु आर्थिक वर्षमा प्रदेश सरकार मार्फत २२ करोड रुपैया बिनियोजन भइ पि के कन्ट्र्कशन ले ठेक्का सम्झौता गरि ड्रेन निर्माण सुरु भएको गरिएको हो । तर निर्माणको क्रममा सिमेन्ट मिसाउदा कमसल भेटिएपछि स्थानीयले बिरोध गरेको हो । ड्रेन निर्माणको क्रममा स्थानिय उपभोक्ताहरुले बालुवामा माटो मिसिएको भेटेका थिए । पछि स्थानिय जन्ताहरु ले माटो मिसिएको कमसल मसला प्रयोग नगर्न सचेत गराएका थिए । त्यसैगरी निर्माणमा गुणस्तर युक्त बालुवा,सिमेन्ट प्रयोग गरि मापदण्ड अनुसार कामगर्न गराउन र स्टेमेट समेत जन्ताहरुले हेर्न र बुझ्न खोज्दा हेर्न पाउनु पर्ने माग गरेका थिए । यस बिषयमा सम्बन्धित सस्था,ठेकेदार,इन्जिनियर र स्थानिय सरकार समक्ष मौखिक अनुरोध गरेका थिए । यस बिषयमा स्थलगत रुपमा बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजदिप लामा समेतले अवलोकन गरेका थिए । वडा अध्यक्ष लामाले गुणस्तरहिन बालुवा रहेको ठहर गर्दै उक्त बालुवा फिर्ता गर्न लगाएका थिए । वडा अध्यक्ष लामाले कमसल बालुवा फिर्ता गरि गुणस्तर युक्त बालुवा ल्याउन ठेकेदारलाई निर्देशन दिएका थिए । गुणस्तरहिन काम गरेको भन्दै स्थानीय भक्त लिम्बुले जबसम्म राम्रो सिमेन्ट बालुवा आउदैन तबसम्म काम अगाडि बढ्न नदिने बताए । कमसल काम गरेको भन्दै स्थानीयहरु भक्त सि लिम्बू,सान बहादुर गजमेर,गोपाल तामाङ्ग ,गोपाल घटानी,मुस्कान राई लगायतको संख्यामा उपस्तिथिसंगै कामको बिरोध गरेका थिए ।

उक्त रोडको सम्बन्धमा आम जन्ता र उपभोक्ताहरुको सुचनाको हक कायम गर्न योजनाको सम्पुर्ण बिबरण सार्बजानिक गर्नु पर्ने माग गरेको छ । त्यसैगरी सर्बदलिय तथा आम नागरिक उपभोक्ताहरुको भेला छलफल र सल्लाह निष्कर्ष मुताबिक रोडको दुबै तर्फ चौडाई कायम हुनुपर्ने र रेखाङ्कनहुनुपर्ने माग गरेका थिए । बिगत ५/६महिना देखि आम उपभोक्ताको आवाज उठि रहेको र सडकको चौडाई घटीमा ६० फुट हुनुपर्ने जस्ता पटक पटक आम उपभोक्ताहरुले आवाज उठाएका थिए । यसका लागि अभिभाकिय भुमिका सम्बन्धित निकाय स्थानिय सरकारले गर्नु पर्ने जन गुनासो ब्यप्त रहेको स्थानिय एक बुद्दिजिबी ले बताउनु भयो।

यो सडक बर्खायाम हिलाम्मे र हिउद मा धुलाम्मे भएर यात्रा गर्नु पर्ने बाध्यता छ । उक्त रोडको दायाँ बायाँ बस्ने स्थानियबासिहरु धुलो ले गर्दा,दुषित बातबरणले गर्दा विभिन्न रोगहरु लाग्ने सम्भावाना बढ्दै गएको जनगुनासो छ । साथैगर्दा यस सडक खण्डमा दिनमा एक पटक सडक दुर्घट्ना झनै बढेर गएको पाईन्छ । दुर्घट्नाको मुख्य कारण सागुरो ,धुलाम्य र तिब्र गतिले सवारी साधन चलाउनु पनि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित