उपचारको नाममा काली माता भन्नेले बनाएको कुरुप

धनराज राई
बराहक्षेत्र । भोजपुर आमचोक गाउँ पालिका ६ तुम्मा डाडा जन्मनु भएर हाल बराहक्षेत्र नगर पालिका-५ बसोबास गर्नु हुने प्रहरी सहायक हवल्दार डिक मान राईको श्रीमती सबिता राईलाई उपचारको नाममा तातो तेलले कुरुप बनाएको छ ।

सामन्य बिरामी भएको उनि विशेष कामका साथ सामन्य उपचार भनी काठमाण्डौ गएकी सबिता राईलाई काठमाण्डौ जिल्ला तारकेशर नगर पालिका -६ बसोबास गर्ने काली माता भन्ने सचिना मगर ले उपचार कोनाममा तेल तताए र मुख र शरीरमा लगाईदिएका थिए । सबितालाई त्रिशूल र पन्यु आगोमा तताएर अनुहार,छाती ,ढाड र शरीरको विभिन्न ठाउँमा डामेर घाईते तुल्याएको कुरा उनका श्रीमान डिकमानले जानकारी दिए ।

यति गरेपछि सबिता बेहोस अवस्थामा अहिले प्रहरी हस्पिटल महारन्जगन्जमा उपचार भई रहेको छ । कालि माता भनाउदा सचिना मगरलाई पक्राउ गरि बालाजु प्रहरी कार्यलयमा अनुसन्धानको लागि राखिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)