भिडियो:
धरान । सब-डिभिजन वन कार्यालय विष्णुपादुका तथा डिभिजन वन कार्यालय, सुनसरीको तर्फबाट डिभिजन वन अधिकृत भिम बहादुर कालिकोटेले रिट दायर गरेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङको साबिन फ्याक्ट्री निर्माणका लागि अन्तरीम आदेश जारी भएको छ ।
वनले फ्याक्ट्री निर्माण अवरोध गरेको भन्दै मेयर साङ्पाङको कामको पक्षधरले शुक्रवार वन परिसरमा गिटि कुटेर बिरोध गरेको छ । उनिहरुले बन कार्यालय तिनकुनेका कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । वनले मुद्दा लगाएर रोकेको भन्दै अव धरानमा साबुन वन उपलब्ध गराउनुपर्ने माग ज्ञापन पत्रमा उल्लेख छ । कुनै कम्पनीको नाममा फ्याक्ट्री नखोले भन्दै उपमहानगरकै आम्दानीको लागि धराने जनताले श्रम गर्दा वनले अवरोध गरेको आरोप लगाएको छ ।
ज्ञापनपत्र बुझ्दै वनका कार्यालय प्रमुख बिक्रम अमात्यले वन ऐन अनुसार भोग अधिकार लिएको खण्डमा समाधान हुने बताए । मेयर साङ्पाङको अभिआयनलाई वनले रोकेको भन्दै तिनकुनेको वनको भवन नक्सापास बारे प्रश्न उठाएको छ । साङ्पाङले अन्तरीम आदेश आएपछि सामाजिक संजालमा स्टाटस लेख्दै -`धरान तिनकुने स्थित वन कार्यालयको नक्सा पास गरेको छ छैन?हेरुङ है लखन्तरेउ ।´ यस बिषयमा प्रमुख बिक्रम अमात्यलाई प्रश्न गर्दा बिष्णुपादुका सब जिभिजनको नभएको बताए । उनले यि भवन १४ वटा जिल्ला १५ वटा वन डिभिजन हेर्ने प्रदेश सरकार वन तथा भुसंरक्षण मन्त्रालय अनतर्गत वन निर्देशनालयबाट बनेको जानकारी दिए । हाल धरान १३ मा भाडा उक्त कार्यालय रहेको भन्दै त्यसको लागि बनेको बताए ।
Discussion about this post