संखुवासभा । संखुवासभा जिल्लाको उत्तरी चीन सिमा जोडिएको शिङ्सा क्षेत्र भोटखोला २ मा बग्ने छुजुङ खोलामा सांग्रीला कम्पनीले बनाउन लागिएको जलविद्युत आयोजना रोक्न स्थानीयले माग गरेको छ ।
आयोजनालाई रोक्नको लागि च्याम्ताङ काठमाडौ कल्याण समाजले संखुवासभा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र सहित परियोजना रोक्न माग गरेको छ । त्यसैगरी परियोजना कार्यान्वयन नगर्न भनेर भोटखोला गाउँपालिका प्रमुख वाङछेदर लामा र वडा नम्बर २ का वडा अध्यक्ष जिप्पा तेन्जिन समक्ष ध्यानाकर्षण पत्र सहित परियोजना रोक्न माग गरिएको कुरा धेन्डुक पेज्यपाले जानकारी दिए । कर्मा भोटिया सहितको समुहले तिनै जनालाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाए जानकारी दिए ।
सांग्रीला उर्जा कम्पनिले थुदाम हुँदै बग्ने छुजुङ खोलामा जलविद्युत निकाल्न जलविद्युत विभागमा अनुमति माग गरेका थिए । छुजुङ खोला आसपासमा दुर्लभ बन्यजन्तु तथा दुर्लभ बनस्पति समेत पाउने भएकोले त्यस क्षेत्रमा बिद्युत आयोजना रोक्न माग गरेको हो । परियोजना रोक्नको लागि यस अघी प्रदेश १ मुख्यमन्त्री राजेन्द्र राई र मानव अधिकार आयोग बिराटनगरमा समेत ध्यानाकर्षण पत्र सहित परियोजना रोक्न माग गरिएको थियो ।
सांग्रीला उर्जा कम्पनिले छुजुङ खोलामा बिद्युत उत्पादन गर्ने बारे गत साल संखुवासभा जिल्ला भोटखोला २ को च्याम्ताङ गाउँमा सार्वजनिक सुनुवाइ गरेका थिए । उक्त समयमा त्यहाँका स्थानीयबासि आयोजनाबारे हुनुपर्छ र हुनुहुदैन भन्ने विषयमा विवाद भएका थिए । तत्कालीन समयमा जनप्रतिनिधि समेत अनुपस्थित थिए । सार्वजनिक सुनुवाइमा भेला भएका स्थानीयले उपस्थितिमा समेत हस्ताक्षर गर्न मानेका थिएनन । त्यसको केहि महिनापछि भने वातावरणीय प्रभाव मुल्यांकन भेलामा स्थानियलाई खाममा पैसा हालेर केहि ब्यक्तिको हस्ताक्षर लगेको आरोप सांग्रीला उर्जा कम्पनीलाई लगाएको छ ।
६३ मेघावाट क्षमता भएको छुजुङ खोला परियोजनाको लागि सांग्रीला उर्जा कम्पनीले आयोजनाको निवेदन दिएको भन्दै गत मंसिर २ गते गोरखापत्र राष्ट्रिय दैनिकमा वातावरणीय प्रभाव मुल्यांकन सहितको ३५ दिने सार्वजनिक सूचना गरेका थिए । त्यहि सूचनाको आधार मान्दै समाजले प्रदेश सरकार तथा राष्ट्रिय मानव अधिकार आयोग स्थानीय सरकार भोटखोला गाउँपालिका जिल्ला प्रशासन कार्यालय समेतमा ध्यानाकर्षण पत्र बुझाएको बताए ।
ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका आयोजनाले गरेको गम्भीर त्रुटीहरु र स्थगित गर्नु पर्ने कारणहरु :
१. आई एल.ओ. महासन्धि नं. १६९ र आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषपापत्र २००७ मा भएको प्रावधानहरुको अक्षरस पालना नगरी आयोजना सञ्चालन गरेको । २. हामी यस ठाउँका आदिवासी जनजाति समुदाय सँग आयोजना सञ्चालकले (FPIC) एफपिक नगरी वा अन्य कुनै प्रकारको सूचना, जानकारी नदिई आयोजनाका कामहरु सञ्चालन गरेको ।
३. आयोजनाले सामाजिक तथा वातावरण प्रभाव मूल्याङकनको सकारात्मक तथा नकारात्मक असरको
बारेमा कुनै अध्ययन नगरी हचुवाको भरमा एकलौटी ढंगले आफ्नो अनुकूल काम सञ्चालन गरेको ।
४. यस आयोजनाले यस ठाउँका आदिवासी जनजाति र स्थानीयवासी संग सम्बन्धित रहेको विषयहरुको बारेमा चरणवद्ध. सार्वजनिक सुनुवाई गर्नु पर्ने प्रावधान रहेता पनि एक पटकको सार्वजनिक सुनाइमा स्थानिय वासीको पूर्ण असहमति जनाई मिती २०७८ / ०९ / १४ मा स्थगित गरीएको र पछि सो गाउँको अधिकांस मानिसहरु जडिवुटी लिइ कावेला भरेको मौका पारी ३३७ घरधुरीका करीव १६८५ जनसंख्या मध्ये २५ जनालाई दैनिक रु ३००० र बंगुरको मासुभात खानपिन गराइ सार्वजनिक सुनुवाईको हस्ताक्षर गरेको र हस्ताक्षरको संख्या समेत कृतेगरी मन परी संख्या बढाएको ।
५. यस विद्युत विकास विभाग र कम्पनी सञ्चालकहरुले यस हाम्रो ठाउँमा हामी भोटे / शिडसा समुदायका पहिचानका गम्भीर विषयहरुको बारेमा र मानवीय तथा वातावरणीय क्षतिका असरको बारेमा कुनै मूल्याङ्कन नगरी आयोजना सञ्चालन गरिएको छ यस्तो काम कारबाही अब उप्रान्त नगरियोस
६. आयोजना सञ्चालन स्थल र सो को क्षेत्र वरीपरी लोपन्मुख वन्यजन्तु तथा संरक्षीत वनस्पतीहरुको अवैध चोरी सिकार गर्ने पासो थाप्ने, मेसीनहरु प्रयोग गरी वन फडानी गर्ने, चौरी चरण खर्कमा संरचना निर्माण गर्ने, गोठ राख्न नदिने, पानीमा भएका महत्वपूर्ण जैविकविभिधतामा खलल पुर्याएको ।
७ स्थानिय युवाहरुलाई रोजगारीको प्रलोभनमा पारी आयोजना स्थलमा मध्यपान, धुम्रपानको दुर्व्यसनी र लागुऔषधको सेवन गराई सामाजीक विकृति फैलाएको ।
८ आयोजना सञ्चालन गर्ने क्षेत्र भोटखोला गाउँपालीकाले मिती २०७७ कार्तिक २२ गतेको छैटौ विषेश गाउँसभाले स्थानिय वातावरण तथा पर्यापर्यटन सञ्चालन ऐन मार्फत लुडबसाम्ब भु-परिधी जैविक-सांस्कृतिक सम्पदा संरक्षित पर्यापर्यटकीय विशेष क्षेत्र घोषणा गरीएको र सो ऐन र कार्यविधीमा उक्त क्षेत्रमा जलविद्युत, खानिउत्खनन् र वन वातावरणमा असर पर्ने कुनै पनि आयोनाहरु निर्माण गर्न पूर्ण रुपमा निषेधित गरीएको छ ।
९. भोटखोला गाउँपालिकाको स्थानिय वातावरण ऐन, गाउँपालिकाले आयोजना रोक्नका लागी गरीएको पत्रचार र वडाको पत्र लाई बेसरोकार गरी स्थानिय सरकार र समुदायलाई अवहेलना गरेको ।https://youtu.be/_J0wqMIGhs0
Discussion about this post