ऐतिहासिक गुम्बामा हुने तोर्च्याक पुजामा चिसेफायु मिडियाबाट सार्वजनिक बिदा माग

संखुवासभा । संखुवासभा जिल्लाको उत्तरी चीन सिमा जोडिएको शिङ्सा क्षेत्र हालको भोटखोला २ याङ गुठिगुम्बामा बिहिवार हुन गैरहेको तोर्च्याक पुजाको लागि सार्वजनिक बिदा माग गरिएको छ ।भोटखोला गाउँपालिकाका प्रमुख र वडा नम्बर २ को वडा अध्यक्षलाई सार्वजनिक बिदा माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

शाह वंश राजाको परिवारीकसंग समेत जोडिएको गुम्बा र यस गुम्बाका तत्कालिन लामा हाल शिङ्सा टुकु भनेर औतारी समेत भएको छ । ऐतिहासिक गुम्बामा हरेक तोला लोसरको अवसरमा गरिने तोर्च्याक पुजाको लागि गरिमा बढाउन तथा प्रचारप्रसार अनि गुम्बाको थप अनुसन्धान समेत गर्नको लागि सार्वजनिक बिदा माग गरिको हो ।

ध्यानाकर्षण पत्र:
बिषय : भोलि हुने तोर्च्याकमा सार्वजनिक बिदा माग सम्बन्धमा ।

श्री गाउँपालिका अध्यक्षज्यू,वडा नम्बर २ अध्यक्ष ज्यु
भोटखोला गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
हटिया,संखुवासभा ।

उपरोक्त सम्बन्धमा शिङ्सा क्षेत्र हालको भोटखोला गाउँपालिका वडा नम्बर २ याङ गूठी गुम्बामा मिति २०७९/९/७ गते हुनगैरहेको तोर्च्याक पुजाको लागि स्थानीय बिद्यालयमा सार्वजनिक बिदा दिनको लागि गाउँपालिका २ नम्बर वडा समितिको ध्यानाकर्षण गराउन चाहन्छु ।

ऐतिहासिक एक गुम्बा जुन शाह बंशको परिवारसंग समेत जोडिएको र त्यस गुम्बा लामा हाल शिङ्सा अवतार समेत भएको ऐतिहासिक गुम्बा माओवादी द्वन्द्वकालदेखि अस्तब्यस्त भएको छ । त्योसंगै गाउँमा इसाई धर्मको संक्रमणले थप यस गुम्बाको संरक्षण तथा गुम्बाको कृयाकलापमा नराम्रो असर परेको सर्वबिदितै छ ।

यतिबेला देशमा द्वन्द समाप्त भै देश लोकतान्त्रिक गणतन्त्रमा पुगेको अवस्था र ऐतिहासिक गुम्बा सम्पदालाई धार्मिक पर्यटन प्रवर्द्धन गर्न र त्यो गुम्बाको बिषयमा थप खोज अनुसन्धान गराउनुपर्ने आवस्यकता छ । त्यो गुम्बाको बिषयमा हाल उच्च शिक्षा अध्यापन भैरहेको अरुणोदय लिङ्गममा बिभिन्न गाउँबाट आएर अध्ययन गर्ने र अन्य जिल्लाबाट शिक्षक कर्मचारी समेत आउने हुँदा पछिल्लो पिडिलाई गुम्बाको जानकारी अध्यन अनुसन्धान बढाउन तथा प्रचारप्रसार गर्नको लागि पनि भोलि एक दिन सार्वजनिक बिदा दिनुपर्ने अत्यावश्यक छ । यसलाई नितिगत रुपमा नै पारित गरेर आगामी दिनमा समेत नियमित रुपमा सार्वजनिक बिदा दिएर धार्मिक पर्यटन प्रवर्द्धन तथा याङ गुठिगुम्बाको बिषयमा अध्ययन अनुसन्धान गराउन अत्यन्त जरुरत देखिन्छ ।

गतसाल म आफै पनि गाउँमा रहेको अवस्थामा त्यहाँ सार्वजनिक बिदा नदिइ बिद्यालय संचालन गरेको देखेको छु । यस अघि तोर्च्याक भनेपछि तत्कालीन चेपुवा गाबिसका सबै गाउँ,किमाथांका गाबिस र हटिया गाबिस समेतबाट दर्शक भक्तजनहरु आउने गर्थे । तर हिजोआज त्यो अवस्था छैन । यसको लागि स्थानीय सरकार वडा समिति गाउँटोल सबै लागेर यसको ऐतिहासिक महत्वलाई ब्यापक बनाउन आजको आवस्यकता रहेको देखिन्छ ।

तत्कालीन समयमा यो तोर्च्याक पुजा तोल लोसरको अवसरमा गर्ने गरिन्थ्यो । जब तोल लोसर मनाईन्छ अनि तोर्मलाई मन्साएपछि मात्र यात्रा गर्नुपर्छ भन्ने धार्मिक जनबिश्वास थिए । यि यस्ता मौलिक परमपरालाई समेत जानकारी अनि बोध गराउन र प्रचारप्रसार तथा यसको थप गरिमा बढाउनको लागि पनि हरेक वर्ष गरिने तोर्च्याक पुजाको दिन सार्वजनिक बिदा दिन माग गर्दछु ।

निमा पोङ्स्युवा
कार्यकारी सम्पादक / प्रकाशक
चिसेफायु मिडिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित