`नगर प्रमुख अनि वडा प्रमुख बन्द गर्नु मुखामुख भन्दै कार्यपालिका बैठक बस्न भन्दै ब्यापक प्रदर्शन(भिडियो फोटो सहित)

भिडियो:

धरान । सप्तरंगी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउने बिषयलाई लिएर कार्यपालिका बैठक अवरोध भएको प्रति असन्तुष्ट जनाउने धरानमा प्रदर्शन गरिएको छ ।

बुधबार दिउसो घण्टाघरको रेलिङमा प्लेकार्ड सहित धरानका जनप्रतिनिधिहरुलाई दवाब दिएको छ । `नगर प्रमुख अनि वडा प्रमुख बन्द गर्नु मुखामुख,छोड्नु दुबै पक्षले जिद्दी अडान,खोजि बाटो बिचार जडान, नगर प्रमुखज्यु,अबिभावकत्व बहन होस,पदिय दायित्व लागुहोस,बिकास निकास चालु होस,बैठक बस्दा भाषामा शिष्टता होस´जस्ता नारा लेखिएका थिए ।

कुनै पनि राजनीतिक दल आवद्ध नभएको दाबि गर्दै प्रदर्शनकारीहरुले मेयर र वडा अध्यक्ष कसैको पक्षमा नभएको दाबि गरे । धरानमा कार्यपालिका बैठक नबस्दा अनिर्णयको बन्दि भएको भन्दै दुबै पक्षलाई संयमता अपनाएर बैठक बस्न दवाब दिएको बताए । यति प्रदर्शन गरेपछि अव कस्तो खालको पर्दर्शन दवाब हुन्छ भन्ने प्रश्नमा सचेत धरानका प्रवक्ता राम लिम्बुले अव त्यसको लागि समुहमा बैठक बसेर आगामी दवाबको कार्यक्रम अगाडि बढाउने बताए । उनले कसको गल्ति भन्ने पक्षमा नरहेको भन्दै दुई पक्ष मिलेर बैठक शुचारु गर्नुपर्ने बताए । प्रदर्शनमा आएका राजेन्द्र राईले जनताको लागि काम गर्ने भनेर आएपछि कार्यपालिका बैठकमा बस्नुपर्ने बताए । जनताको हितमा काम गर्छु भनेर शपथ खाएपछि त्यहि अनुसार जानुपर्ने बताए । उनले पार्टीले कार्वाही गर्छ भनेर पछि अनि पार्टीले धरान पछि परोस भन्ने चाहन्छ भने भन्नु केहि नभएको बताए ।

कार्यपालिका बैठकलाई लिएर स्वतन्त्र नागरिक समाजले पनि भानुचोकमा प्रदर्शन गरेका थिए । त्यसैगरी समाजले सबै वडा अध्यक्षलाई ध्यानाकर्षण पत्र र ज्ञापनपत्र बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित