धरान । आगामी पौष २०, २१,२२ गते धरान डे मनाउने तयारी बैठक बसेको छ । तर सो बैठकमा वडा अध्यक्षहरु अनुपस्थित रहे ।
मंगलबार सुनसरी उद्योग वाणिज्य संघको हलमा मेयर हर्क साङ्पाङको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा वडा अध्यक्ष सहित बिभिन्न संघसंस्थालाई पत्राचार गरिएको बताए । तर धरान उपमहानगर वडा नम्बर १४ का वडा अध्यक्ष कृष्ण भट्टराई बाहेक अन्य वडा अध्यक्ष अनुपस्थित थिए ।
कार्यपालिका बैठकदेखि बहिष्कार गर्दै आएको वडा अध्यक्षहरुले मंलबारको धरान डेको तयारी बैठक पनि बहिष्कार गरेको थियो । वडा नम्बर १४ का वडा अध्यक्षसंग बुझ्दा अन्यको बिषयमा थाहा नभएको बताए । उनले भने `मलाई पनि थाहा थिएन सचिबले भनेर मात्र आएको ।´ धरान १४ धार्मिक पर्यटकीय क्षेत्र भएकोले पनि धरान डेको बिषयमा आफु सहभागी भएको बताए । त्यसैगरी धरान डेको बैठकमा अन्य जनप्रतिनिधिको उपस्थिति नदेखिएपछि पुर्व मेयर मनोज मेयाङ्बोले आशंका व्यक्त गरे । यस्तो पाराले सफल नहुने भन्दै यस बिषयमा जनप्रतिनिधि ब्यापारी ब्याबसायी संघसंस्था गम्भीर हुनुपर्ने बताए । उनले धरान डे आफु मेयर हुँदादेखि शुरु गरिएको भन्दै यसले शिक्षा ब्यापार लगायतमा ध्यान दिनुपर्ने बताए । मेयर र वडा अध्यक्षको टकराव धरानमा असर पर्ने भन्दै अबिभावकत्व निभाउन मेयरलाई आग्रह गरे ।
मेयर हर्क साङ्पाङले राम्रो कामको निरन्तरता नै धरान डे मनाउन लागेको बताए । कसरी हुन्छ जानुपर्ने भन्दै ब्यक्तिगत रुपमा राम्रै रहे पनि पार्टीको पछि लागेर जिम्मेवारीबाट पन्छिएको बताए । सपथ आफैले खुवाएको भन्दै देश र जनताको लागि भनेर सपथ खाएको हो त्यहाँ हेर्न भन्दै पार्टीको लागि सपथ नखाएको जिकिर गरे । आफुले धरानमा रहेका सबै जातजातिको सहयोगमा सप्तरंगी पार्टी बहु सांस्कृतिक पार्क बनाउन खोज्दा उल्टै अवरोध गरेको भन्दै त्यहिबाट हलो अड्किएको बताए । मेयर साङ्पाङ तिनपटक बैठक बोलाएको भन्दै अव दुईपटक मात्र बैठक बोलाउने बताए । अब अन्तिम दुईपटक गरि जम्मा पाँच पटक बोलाउने भन्दै अबिभावकले नरम बोलेर मात्र नहुने बताए ।
धरान डे आगामी पौष २०,२२ र २३ गते तिन दिन मनाउने निर्णय भएको छ । प्रमुख प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए अनुसार मेयर हर्क साङ्पाङको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको बताए । त्यसैगरी दोस्रो समिति भनेको मेयर संयोजक रहेको उप मेयर सह संयोजक रहनेगरी प्रमुख प्रशासकीय अधिकृत,सुनसरी उद्योग वानिज्य संघ,धरान उपमहानगरपालिका आर्थिक महाशाखा सदस्य सचीव रहनेगरी अर्को समिति गठन भएको जानकारी दिए ।
बैठमा स्थान कहाँ हुने भन्ने बिषयमा साबिक गरिदै आएको पब्लिक स्कुल विद्यार्थीको पढाईमा बाधा हुने र सभागृह टाढा हुने भन्दै विकल्पको बिषयमा सुझाब लिने कार्य भएका थिए ।
Discussion about this post