छलफल तथा संवादद्वारा समाधान खोज्न र सहकार्य गरी अघि बढ्न नागरीक समाज आग्रह

धरान । नागरिक समाज धरानले बाराम्बार स्थगित हुँदै आएको कार्यपालिका बैठकको बिषयलाई लिएर दुबै पक्ष छलफल र संवादद्वारा समाधान खोज्न आग्रह गरिएको छ ।

समाजले सोमबार यस बिषयलाई लिएर लोकतान्त्रिक चौतारीमा खबरदारी सभा गरेका थिए । कार्यपालिकाको बैठकमा कार्यसूची तथा प्रस्ताव पेश गर्ने अधिकारलाई नदिई बारम्बार तिन पटक सम्म बैठकमा सहभागी नभईकन बहिस्कार गरी सार्वभौम नागरीकको जनादेशलाई भुलेर समस्या समाधान गर्न छोडेर प्रतिवाद र अस्ताको लडाई लडने कार्यले धरान वासीको चाहना र समृद्धिका कुठाराघाट गरेको आरोप लगाएको छ ।

विकास माथिको राजनिती बन्द गरी सम्पूर्ण वडाको वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु छलफल तथा संवादद्वारा समाधान खोज्न र सहकार्य गरी अघि बढन नागरीक समाजले आग्रह गरेको छ । धरान नगरको विकास र कार्य सञ्चालनमा प्रत्यक्ष रूपमा जोडिएको नगर कार्यपालिका बैठकलाई अवरुद्ध गरी स्थानीय सरकार सञ्चालन ऐन २०४७ को धारा १६ उपधारा ४ को खण्ड क को २ ले दिएको सभा र कार्यपालिकाको बैठकमा कार्यसूची तथा प्रस्ताव पेश गर्ने अधिकारलाई नदिई बारम्बार तिन पटक सम्म बैठकमा सहभागी नभई कन बहिस्कार गरी सर्वभौम नागरीकको जनादेशलाई भुलेको पनि बिज्ञप्तिमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)