धरान । धरानको बसपार्कको सन्दर्भलाई जोडेर जोडि खोज्नेहरु बास उठ्नसक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि भनेर सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेपछि दलित समुदायलाई होच्याएर लेखेको भन्दै राष्ट्रिय दलित आयोगले कार्वाहीको लागि समेत सिफारिस गरिसकेको छ ।
मेयर साङ्पाङले कार्यपालिका सदस्यले राखेको माफिको माग र दलित समुदाय तथा आयोगले राखेको मागलाई समेत लक्षित गर्दै कुनै हालतमा नझुक्ने बताएका थिए । स्टाटसमा समेत ` यो शरीर काटिन्छ बरु,तर कदापि झुक्दैन किन्कि म सच्चा नेपाली हुँ ´भनेर लेखेका थिए ।
मेयर साङ्पाङले आइतबार धरान उपमहानगरको लेटरप्याडमा लेखेर – `मिति २०७९ । ८ । ३८मा मेरो फेसबुक पेजमा मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थ प्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ। त्यसका लागि क्षमाप्रार्थी छु उल्लेख गरेको छ ।´ उनले सधैँ समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगति वेथिति भ्रष्टाचार अन्याय अत्याचार विभेद शोषण र दमनका विरुद्ध लामो समय अभियान चलाएको मेरो इतिहास रहेको सबैमा जानकारी गराउँदै कसैलाई ठेस पुर्याउने नियतवश सो स्टाटस पोष्ट नगरेको जानकारी गराउँदछु भनिएको छ ।
Discussion about this post