मेयर हर्क साङ्पाङ चेपुवामा पदै,छ दलद्वारा आफ्नो शब्द फिर्ता लिई सम्वाद र छलफल गर्न माग

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङ एकपछि अर्को समुहद्वारा चेपुवामा पर्दै गएको छ । कार्यपालिका बैठक स्थगित भैरहेको कुरालाई मध्यनजर गर्दै धरानमा रहेका छ राजनीतिक दलले आफ्नो शब्द फिर्ता लिई संवाद र छलफल गर्न आग्रह गरिएको छ ।

धरानका छ राजनीतिक दल नेकपा एमाले,नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी,नेकपा समाजवादि पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त प्रेस बिज्ञप्ति जारि गर्दै निर्वाचित जनप्रतिनिधीलाई आफ्नो मत राख्न नदिएको घटनाले धरान उपमहानगरपालिकामा स्वेच्छाचारी, अप्रजातान्त्रिक सर्वज्ञानी म मात्र हो भन्ने मपाईतन्त्र, दम्भ र उदण्ड सहितको अधिनायकबादको उदय हुन लागेको आभाष भएको छ उल्लेख छ।

नेतृत्वको हैसियतमा समस्या समाधानको लागि पहल कदमी लिने र यस्तो अवस्थामा अभिभावकिय भुमिका निर्वाह गर्नु छाडेर पत्रकार सम्मेलन गरि कार्यपालिकाका सदस्यहरुलाई धम्क्याउने तवरले राजिनामा दिनु भन्ने शब्द प्रयोग गरिएको प्रति ६ दलको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बिज्ञप्तिमा २०७९/०६/१३ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्तुत एजेण्डा माथि कार्यपालिका सदस्य अनुप देवानले आफ्नो राय राखि रहदा बैठकको अध्यक्षता गरिरहनु भएको नगर प्रमुख हर्कराज राईले कार्यपालिका सदस्य अनुप देवानलाई राय राख्न नदिई बैठक छाडेर बाहिर जान भने पछि सम्पूर्ण कार्यपालिका सदस्यहरुले आफुहरुको अपमान भएको महशुस गर्नु स्वभाविक हो भनिएको छ ।

पछिल्लो समय साबुन फ्याक्ट्रीमा वनसंग विवाद,बसपार्कको बिषयमा विवाद,स्टाटसको बिषयमा दलित आयोगसँग विवादसंगै पछिल्लो समयमा छ राजनीतिक दलले समेत मेयरको अभिव्यक्तिलाई लिएर आत्मालोचना गर्न दवाब दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित