धरान नगर प्रमुख श्री हर्कराज राई (साङ्पाङ) को गैरजिम्मेवार अभिव्यक्तिले प्रगतिशील किरातीहरुमाझ अप्ठेरो परिस्थिति उत्पन्न गरेको छ। धेरै साथीभाईको सुझाव अनुसार सामाजिक सञ्जालमा हामीले निम्न धारणा लेख्यौं,
-” गणतन्त्रमा “चमारेको बुद्वि” भन्न मिल्दैन। तर, ती साथीले कसैलाई लक्षित गरेर भन्दा पनि पुरानो जातवादी अवशेषहरु (मानसपटमा) बाँकी नै रहँदा त्यसो भन्न पुगे होलान। यध्यपि छुट पाउने कुरा हुँदैन। न्यायोचित सनाझदारीको पहल गरियोस्।”
हर्कजीले फेरि दलित आयोगलाई “झ्यासझुस आयोग” र दलित संघसंस्थाको उजुरीलाई “उस्स” भनी उडाउन पुगेको जस्ता दु:खद समाचारहरु आएका छन।
उप्रान्त सन्तोष सुनारलगायत प्रगतिशील दृष्टिकोणका साथीहरुले हर्कजीलाई माफी माग्न सम्यक अनुरोधसहित सुझाव गरेका छन। जो, समाधानको सही तरिका हो। तर, हर्कजीले फेरि दलित आयोगलाई “झ्यासझुस आयोग” र दलित संघसंस्थाको उजुरीलाई “उस्स” भनी उडाउन पुगेको जस्ता दु:खद समाचारहरु आएका छन। अब चाहिँ विषय अझ गम्भीर बन्न पुगेको ठानेर त्यसवारे सविस्तार धारणा सार्वजानिक गर्नै परेको छ।
आदिवासी जनजातिभित्रको किराती समुदाय राजनीतिक, आर्थिक, सांस्कृतिक, भाषिक दृष्टिले एक उत्पीडित समुदाय हो। खस-आर्य तथा मधेसीभित्रको दलित समुदाय भाषा बाहेक राजनीतिक-आर्थिकसंगै मुख्यत: छुवाछुतजन्य सामाजिक भेदभावको दृष्टिले चरम उत्पीडित समुदाय हो। अत: अन्तर्विरोध पहिचान तथा सही संचालन गर्ने नियम अनुसार दुवै उत्पीडित समुदायवीच दीर्घकालीन संयुक्तमोर्चा निर्माण गर्नु पर्ने हुन्छ। जसले, उनीहरुको संगठित शक्ति आर्जन होस् र मुक्तिको आन्दोलन सुदृढ गरोस्। तर, जातव्यवस्थाको भरिया बन्न पुगेको किराती समुदायमा जन्म लिएका हर्कजीहरु जस्ताको उद्दण्डताले बाहुनवादको नि:शुल्क सेवा पुर्याउदैछ।
जातव्यवस्थाको जटिल अन्तर्विरोध कस्तो छ भने उत्पीडितहरुवीच स्व:तशिद्व संयुक्तमोर्चा हुनु पर्ने हो। तर, यहाँ ठिक उल्टो भइरहेको छ: बाहुन र क्षेत्रीकृत गोर्खाली अतिक्रमणबाट किरातीले चाहिने कुरा केही नसिकेको, दलितलाई छुवाछुत भेदभाव गर्न नचाहिने कुरा चाहिँ अक्षरश: सिकेको हुँदा दलित र किरातीको संयुक्तमोर्चा बन्न सकिरहेको छैन। बरु छुवाछुतको भेदभाव कायम राख्न किरातीले उत्पीडक बाहुनसंग संयुक्तमोर्चा गर्दछ भने किराती भाषा-संस्कृतिको सवालमा दलितले बाहुनसंग संयुक्तमोर्चा गर्दछ। परिणाम, दुवै उत्पीडित समुदायबाट जातव्यवस्थावादी उत्पीडनलाई अक्षुन्न राख्ने अपराध स्वयंले गर्दै आएका छन र आफुमाथि उत्पीडन थोपर्ने सत्तालाई अझ सुदृढ गर्न पुगेका छन।
“हर्कजीलाई पक्षपोषण गर्ने सिलसिलामा दलित समुदायलाई गालिगलौज गर्ने अन्धजातिवादी किरातीहरुको अभिव्यक्ति पनि त्यत्तिकै खेदजनक छन।”
यो “उल्टो” बोध गरि नियम अनुसार सुल्ट्याउने संकल्प र ऐतिहासिक पहल नगरेसम्म जातीय मुक्तिको आन्दोलनले अग्रगति प्राप्त गर्न सक्ने कुरै आउदैन।
हामीले भन्दै आएका छौं, राज्यसत्ताको प्रश्मा किरातीले छोएको पानी बाहेक अरु केही चल्दैन। समाजमा छुवाछुत भेदभावको अन्त्य र राजनीतिमा जनसंख्याको समानुपातमा प्रतिनिधित्व व्यवस्था हुनासाथ दलित मुक्तिको अपेक्षा गर्न सकिन्छ। तर, किराती राष्ट्रको मुक्ति सहज छैन। त्यसैले जंगवहादुर राणाको जातवादी ऐनले थोपरेको घृणित थीतिमा आफुलाई कथित ठूलो जाति ठान्ने ग्रन्थी रोगबाट किरातीहरु मुक्त हुनै पर्छ। तब उनीहरु प्रगतिशील ठहर्ने छन र प्रगतिशील चरित्रले मात्र मुक्ति आन्दोलनमा साथी थप्न सकिन्छ।
अन्त्यमा, हर्कजी कुनै किराती सानुदायिक संस्थाको अधिकारी भने होइनन्। परन्तु, उनी जन्मले किराती भए। जन्मले किराती भएको आधारमा उनका गतिविधिले पार्ने सकारात्मक वा नकारात्मक असर समुदायको खातामा स्वत: जम्मा हुने मानसिकता विध्यमान छ। अत: आफ्नै समुदाय र व्यक्ति दुवैको सम्मान खातिर श्री हर्कराज राई (साङ्पाङ) ले सार्वजानिक आत्मालोचना गर्नु उत्तम हुनेछ।
र, हर्कजीलाई पक्षपोषण गर्ने सिलसिलामा दलित समुदायलाई गालिगलौज गर्ने अन्धजातिवादी किरातीहरुको अभिव्यक्ति पनि त्यत्तिकै खेदजनक छन।
Discussion about this post