इटहरी । नेपाल पत्रकार महासंघ सुनसरी जिल्लाको १३ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राईको अध्यक्षमा इटहरीको लायन्स क्लबको सभा हलमा सम्पन्न भएको हो । खुला सत्रमा ६ जना पत्रकारलाई सम्मान गरिएको छ । सम्मानीत हुनेहरुमा महासंघका अग्रज हर्ष सुब्बा रहेका छन । सुब्बालाई दीर्घ जीवन पत्रकारीता सम्मान गरिएको छ । त्यसैगरी पत्रकार गिरीराज आचार्य,खिलानाथ बिश्वकर्मा,बाबुराम कार्की,सिमा बस्नेतलाई सम्मान गरिएका थिए । त्यसैगरी पत्रकार दिनेश गजमेर धरान उपमहानगर कार्यपालिका सदस्यमा मनोनीत भएको हुनाले बिदाई गरिएको छ । त्यसैगरी इटहरीका दिवस पोखरेल वडा अध्यक्ष निर्वाचित भएकोले उनलाई पनि बिदाई गरिएको हो ।
सभामा महासंघका सचिव धुब्र ढकालले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए । महासंघका कोषाध्यक्ष अजित झाले आर्थिक बर्ष २०७७/७८ आर्थिक प्रतिवेदन प्रस्तुत गरे । जसमा ३७ लाख १५ हजार २५६ रुपैया र २०७८/७९ को २६ लाख ४५ हजार १३१ रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएका थियो ।
बन्द सत्रमा छुट्टै प्रस्ताव पेश भए । पत्रकार सुबिद गुरागाई,पर्शुराम बाह्कोटी,कृष्ण बहाव,नवराज बिष्ट,अर्जुन सुबेदी र भरतराज शर्माले जिल्लाभरका सदस्यता सुद्धिकरणका लागी प्रस्ताव समेत पेश गरेका थिए । प्रस्तावित उक्त एजेन्डामा महासंघले एक महिना भित्र समिति बनाई छानबिन गरी केन्द्रीय बिधान अनुसार कार्यन्वयनमा लाने निर्णय र प्रतिबद्धता जानएका थिए ।
Discussion about this post