लागुऔषध दुर्व्यसनी विरुद्व जनचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न

धरान । धरान उपमहानगरपालिका वाड न १५ कार्यलयको समायोजन र वाड न १५ अन्तर्गत नमुना श्रुतीमार्ग टोलबिकास सस्थाको आयोजनामा लागू औषध दुर्व्यशनी बिरुद्व जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

आसारा सुधार केन्द्र पानबारी धरान शाखाको सहयोगमा प्रशिक्षक टिकाराम सिग्देल र जगत बहादुर भारतीले सहजीकरण गरेका थिए। उक्त कार्यक्रमका अध्यक्ष नमुना श्रुतीमार्ग टोलबिकास संस्थाका अध्यक्ष डाकमान राई, प्रमुख अतिथी वाड न १५ का वडा अध्यक्ष नरेश ईवाराम, विशेष अतिथी आसारा सुधार केन्द्रका इन्चार्ज प्रेमकुमार राई रहेको थियो। कार्यक्रममा बोल्दै ईवारामले धरानको समस्याको रुपमा लागू पदार्थ प्रयोग कर्ता रहेकोले यसको अन्त्यको लागि हामी सबै आफ्नो ठाउँ बाट लाग्नु पर्ने बताए।

उक्त कार्यक्रममा १५ न वाडका ३९ वटा टोलबिकास संस्थाको प्रतिनिधीहरु, विभिन्न संघ संस्थाको प्रतिनिधीहरु र २ सय स्थानीयाहरुको उपस्थीती रहेको थियो। कार्यक्रमको संचालन नमुना श्रुतीमार्ग टोलबिकाश संस्थाको सचिव राजेन्द्र दर्नालले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित