धरान । केहिदिन अघि बसपार्कको बिषयलाई लिएर धरानका मेयर हर्क साङ्पाङले लेखिएको स्टाटस `बल होइन बुद्धि लगा चमारे बुद्धि´ भन्ने बिषयले अर्को रुप लिएको छ ।
राष्ट्रिय दलित आयोगले स्टाटसको बिषयमा मेयर साङ्पाङलाई गम्भीर नकारात्मक असर पार्ने भएकोले उक्त अभिव्यक्ति सच्याई दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोध गरेका थिए ।तर सो पत्रलाई बेवास्ता गरेको भन्दै गृह मन्त्रालयलाई कार्वाहीको लागि पत्राचार गरिएको छ । आयोगले अनुरोधलाई बेवास्ता गर्दै अझ दलित समुदायलाई अर्ती उपदेश दिने र कमजोरीप्रति कुनै सम्बोधन नगरी संविधान र प्रबलित कानूनभन्दा आफू माथि रहेको जस्तो अभिव्यक्ति पुनः सार्वजनिक गरेको हुँदा निजलाई कानून बमोजिम कारवाहीका लागि सिफारिस गरिएको उल्लेख छ ।
राष्ट्रिय दलित आयोगको कार्वाहीको पत्रको जानकारी पाएपछि मेयर हर्क साङ्पाङले सामाजिक संजाल फेसबुक मार्फत जवाफ दिएको छ । फेसबुकमा साङ्पाङले मलाई नहुने आरोप लगाउने र जातिय सद्भाव भड्काउने राष्ट्रिय दलित आयोगलाई कार्वाही गर्न म पनि माग गर्दछु लेखिएको छ ।
Discussion about this post