धरान । भारतको मैसुर स्थित नाम्ड्रोलिङ गुम्बाका परम्पुज्य गुरु खेन्छेन छेवाङ ग्याम्छो रिम्पोछे धरान १८ स्थित हिमालयन महायान देछेन छोलिङ गुम्बामामा शुक्रवार आईपुगेको छ ।
शुक्रवार रिम्पोछे परम्पुज्य गुरु खेन्छेन छेवाङ ग्याम्छो रिम्पोछेको बाहुलिबाट लामा तथा छात्राबासको लागि बनाएको करिब ५ करोडको भवन उद्घाटन गरिएको छ ।
शनिवारदेखि उद्घाटन भएको सो भवनबाट बिहान ७ बजेदेखि बेलुकि ५ बजेसम्म बज्रगुरु मन्त्र जप शुरु हुने कुरा गुम्बा अध्यक्ष ङावालप्टु लामा शेर्पाले जानकारी दिए । हरेक दिन बज्रगुरु मन्त्र जपसंगै धार्मिक प्रवचन हुने बताए । दैनिक करिब ७०० जनाको भक्तजनको उपस्थितिमा बज्रगुरु मन्त्र जप हुने कुरा अध्यक्ष ङावालप्टुले बताए । भवन निर्माणका क्रममा रिम्पोछेको हातबाट उद्घाटन गर्ने बाँचा गरेको भन्दै भवन उद्घाटनमा मात्र सिमित नराखि टाढाबाट निमन्त्रणा गरेपछि केहि गरौ भन्ने छलफलपछि १० करोड मन्त्र जपको कार्यक्रम गर्ने निर्णय भएसंगै कार्यक्रम तय भएको बताए ।
धर्म गुरु परम्पुज्य गुरु खेन्छेन छेवाङ ग्याम्छो रिम्पोछेले नेपाल एउटा पवित्र देश भएको बताए । बज्रगुरु मन्त्र गुरु रिम्प्छे पद्मसम्भवकोसंग भएको बताए । उहाले मत्र जप गर्न एकत्रित भएर जप गर्नुपर्ने बताए । मन शान्त भएर जप गरेमात्र त्यो राम्रो हुने बताए । मन्त्र जप गर्ने तर ध्यान अरु तिर भए त्यो सार्थक तथा शुद्ध नहुने बताए । उहाँले दुधको उदाहरण दिदै दुध शुद्ध हुन पानी रहित भएजस्तै जपेको मन्त्र मात्र शुद्ध हुने बताए । बज्रगुरु मन्त्र जपले शान्ति समृद्धिसंगै बाधा अड्चन हट्ने तथा रोगब्याथिबाट समेत मुक्त हुने बताए ।
उद्घाटन सत्रमा धरानमा रहेका राजनीतिक दलको समेत उपस्थिति भएका थिए । नेकपा एमालेका नगर अध्यक्ष हर्कजंग लिम्बु,जसपाका ताजुप लिम्बु,नेकपा एसका रेवतिरमण राई,नेपाली काङ्ग्रेसका जितेन्द्र राई लगायतको उपस्थिति रहेका थिए ।
उद्घाटन कार्यक्रममा भवन निर्माणका लागि एकलाखदेखि माथि आर्थिक सहयोग गर्ने दातालाई सम्मान गरेका थिए । त्यसैगरी धरान ९ का दावा शेर्पा र श्रीमती दिकु शेर्पाले आर्थिक सहयोग २५ लाख एक हजार प्रदान गरेको भन्दै विषेश सम्मान तथा कदर पत्र रिम्पोछेबा प्रदान गरियो । विषेश सम्मान तथा कदरपत्र प्राप्त गर्नेमा पछिकि खापा शेर्पा १५ लाख रुपैया । ङावालप्टु लामा शेर्पा श्रीमती दिकु शेर्पाबाट १३ लाख २ हजार रुपैया,काठमाडौका खेन साङे राङ्ज्युङ रिम्पोछेबाट ७ लाख ५० हजार रुपैया,कार्चउङ्मा शेर्पा धरान १० बाट ७ लाख ११ हजार रुपैया,लाक्पा शेर्पा पेलमु शेर्पा धरान १० बाट ७ लाख पाँच हजार रुपैया,गेल्बु शेर्पा दादिकि शेर्पा धरान १६ बाट ७ लाख रुपैया,धरान ९ निमा तेन्जिङ शेर्पा पदम गर्जा शेर्पाबाट ६ लाख रुपैया,यामबहादुर मगर फुलमाया लुङ्गेलि मगर धरान १ बाट ५ लाख ५ हजार,मणिकुमार / पासालामु तामाङ धरान ११ बाट ५ लाख ३ हजार,ओङ्छे शेर्पा धरान १५ बाट ५ लाख १ हजार,धरान १८ दोर्चे लोपेन निमावाङ्दि शेर्पा रहेका छन ।
मन्त्रजप अवधिभर करिब २ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । बज्रगुरु जप आगामी पौष ११ गतेसम्म हुनेछ ।
Discussion about this post