धरान । धरान उपमहानगरपालिका कार्यपालिकाको मंसिर २९ गते बोलाएको बैठक स्थगित भएपछि कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गर्दै नगर प्रमुखको यस प्रकारको स्वेच्छाचारी र अराजक प्रवृतिका कारण कार्यपालिकाले गर्नु पर्ने महत्वपुर्ण विषयको निर्णयहरु गर्न नसकेको जनाएको छ ।
बिहीवार कार्यपालिका सदस्यहरुले संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै नगर प्रमुखको कार्यशैली ,व्यवहार र वहाले प्रयोग गर्ने तुच्छ शब्दहरुको कारण समग्र मुलुक भरी नै धरानवासीहरुले लज्जित महशुुस गर्नु पर्ने भएको उल्लेख छ । पत्रकार सम्मेलनमा भनिएको छ – ” यस प्रवृति प्रति हामी खेद प्रकट गर्न चाहान्छौ साथै नगर प्रमुख ज्यूको कार्यशैली परिवर्तन गरि म होइन हामी भन्ने भावना अनुरुप धरानको विकास गर्न एकताबद्धरुपमा अघि बढ्ने वातावरण सृजना गर्न माग गर्दछौं उल्लेख छ ।”
बिज्ञप्तिमा – “नगर प्रमुख ज्यूको कार्यशैली परिवर्तन गरि म होइन हामी भन्ने भावना अनुरुप धरानको विकास गर्न एकताबद्धरुपमा अघि बढ्ने वातावरण सृजना गर्न माग गर्दछौं भनिएको छ ।” नगरप्रमुख धरान उपमहानगरपालिका तोक आदेशको आधारमा संचालन गर्छु भन्ने गैरजिम्मेवारी पुर्ण अभिव्यक्ति प्रस्तुत गरेको भन्दै तपशिलका विषयहरु गैर संवैधानिक गैरकानुनी रुपमा तोक आदेशकै आधारमा अगाडी बढाइएको भन्ने हाम्रो ठहर रहेको बताए ।
तपशिल
१. विभिन्न विकास निर्माणको लागि आवश्यक उपभोक्ता समिति गठनमा रोक ।
२. बिना निर्णय साबुन उधोगको निर्माण कार्य शूरु
३. विपी पार्कको नाम परिवर्तन गरी विना निर्णय आफ्नो फोटो राखि श्रम संस्कृतिपार्क नामाकरण गरेको ।
४. सामाजिक संजाल (फेस बुक) मा तुच्छ शब्दहरु प्रयोग गरि गालि गलौज गर्दै प्रस्तुत भएको ।
५. जातिय सद्धभाव खलबलिने गरी चमारे भन्ने शब्द प्रयोग गरी दलित समुदायको आत्मा सम्मानमा चोट पुर्याएको ।
६. सेवाग्राहीहरुलाई हप्कि दप्कि गर्नुका साथै राष्ट्र सेवक कर्मचारीहरुलाई अपमानित गर्ने गरेको ।
७. जनताहरुले आफ्ना गुनासा तथा कामहरु लिएर आउदा हप्कि दप्कि गर्दै प्रहरी बोलाएर धरपकड गर्न खोजिएको र मुद्धा हालिएको ।
प्रेस विज्ञप्ति
मिती २०७९÷०९÷२९
आदारणिय पत्रकार मित्रहरु
धरान उपमहानगरपालिका संचालनको सन्दर्भमा कार्यपालिका बैठक संचालन हुन नसकेको सन्दर्भमा धरानवासी जनताहरुले जिताएर पठाएका हामी जनप्रतिनिधिहरुको आफ्नो विचार सम्प्रेशन गर्न आवश्यक रहेको हुनाले यो प्रेशविज्ञप्ति जारी गरेका छौं ।
मिति २०७९ साल भदौ १३ गते बसेको कार्यपालिकाको बैठकमा कार्यपालिका सदस्य अनुप देवानले बैठकका प्रस्ताव उपर आफ्नो मत राख्ने सन्दर्भमा बैठकको अध्यक्षता गरिहरनु भएको धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्क राज राई ज्यूबाट राय राख्न रोक लागउदै बाहिर निस्केर जानुुस भनि अपमानित गरेको हुदा यस विषयमा हामिले नगर प्रमुखले आत्मा आलोचना गरी गरी बैठकलाई सुचारु गर्न माग गर्दा म आत्मा आलेचना गर्दिन भनि स्वच्छाचारी प्रवृति देखाएको हुनाले उक्त बैठक स्थगित भएको थियो । तत्पश्चात यी बिषयहरुमा नेतृत्वको हैसियतले सहजिकरण गरी बैठकलाई सुचारु गर्न वहाले पहल गर्नु हुन्छ भन्ने हाम्रो अपेक्षा थियो । तर अपेक्षा विपरित वहाले पुन मिति २०७९ साल गते बैठक बोलाउनु भएको थियो उक्त बैठकमा हामी यसै बिषयलाई गम्भिरता साथ अडान लिदै सहभागि नभएको जानकारी गराउदछौं । पुन मिति २०७९ साल मंसिर २९ गते आज बिहान ८ बजेको लागि बैठक बोलाइएको थियो उक्त बैठकमा पनि यसै बिषयलाई लिएर हामीले हाम्रो अडानहरुललाई दोर्याउदै बैठक सुचारु हुन नसक्ने कुरा राख्दा वहा नगरप्रमुख ज्यूले बैठक स्थगित गरी हल बाहिर निस्कनु भएको सर्ब विद्धितै छ । नगर प्रमुखको यस प्रकारको स्वच्छाचारी र अराजक प्रवृतिका कारण कार्यपालिकले गर्नु पर्ने महत्वपुर्ण विषयको निर्णयहरु गर्न नसकेको साथै नगर प्रमुखको कार्यशैली ,व्यवहार र वहाले प्रयोग गर्ने तुच्छ शब्दहरुको कारण समग्र मुलुक भरी नै धरानवासीहरुले लज्जित महशुुस गर्नु पर्ने भएकोले यस प्रवृति प्रति हामी खेद प्रकट गर्न चाहान्छौ साथै नगर प्रमुख ज्यूको कार्यशैली परिवर्तन गरि म होइन हामी भन्ने भावना अनुरुप धरानको विकास गर्न एकताबद्धरुपमा अघि बढ्ने वातावरण सृजना गर्न माग गर्दछौं । साथै नगरप्रमुख ज्यूले धरान उपमहानगरपालिका तोक आदेशको आधारमा संचालन गर्छु भन्ने गैरजिम्मेवारी पुर्ण अभिव्यक्ति प्रस्तुत गर्दै तपशिलका विषयहरु गैर संवैधानिक गैरकानुनी रुपमा तोक आदेशकै आधारमा अगाडी बढाइएको भन्ने हाम्रो ठहर रहेको छ ।
तपशिल
१. विभिन्न विकास निर्माणको लागि आवश्यक उपभोक्ता समिति गठनमा रोक ।
२. बिना निर्णय साबुन उधोगको निर्माण कार्य शूरु
३. विपी पार्कको नाम परिवर्तन गरी विना निर्णय आफ्नो फोटो राखि श्रम संस्कृतिपार्क नामाकरण गरेको ।
४. सामाजिक संजाल (फेस बुक) मा तुच्छ शब्दहरु प्रयोग गरि गालि गलौज गर्दै प्रस्तुत भएको ।
५. जातिय सद्धभाव खलबलिने गरी चमारे भन्ने शब्द प्रयोग गरी दलित समुदायको आत्मा सम्मानमा चोट पुर्याएको ।
६. सेवाग्राहीहरुलाई हप्कि दप्कि गर्नुका साथै राष्ट्र सेवक कर्मचारीहरुलाई अपमानित गर्ने गरेको ।
७. जनताहरुले आफ्ना गुनासा तथा कामहरु लिएर आउदा हप्कि दप्कि गर्दै प्रहरी बोलाएर धरपकड गर्न खोजिएको र मुद्धा हालिएको ।
यसरी गैरकानुनी रुप भए गरेको कार्यहरु धरान उपमहानगरपालिका नगर कार्यपालिका जवाफदेही नहुने समेत यसै विज्ञप्ती मार्फत सार्वजनिक गर्न चाहान्छौ । साथै धरानवासीको सहमती र सहकार्यका आधारमा धरान उपमहानगरपालिका सन्चालन होस भन्ने म्याण्डेटलाई आत्मासात गरी नगरपालिका सन्चालनको वातावरण बनाउन नगर प्रमुख ज्युलाई यसै विज्ञप्ती मार्फत आग्रह गराउदछौ ।
तपशिल
१.यज्ञमणी आचार्य
२.रमेश राई
३.विद्या शाक्य
४.धन बहादुर राई
५.मन प्रसाद लिम्बु
६.भुपेन्द्र भटराई
७.जिवनराज सुवेदी
८.धन बहादुर राई
९.रुपेश आचार्य
१०.विवेक राई
११.लोकेन्द्र कुमार फागो
१२.टंक बहादुर राई
१३.नेत्र काफ्ले
१४.कृष्ण प्रसाद भटराई
१५.नरेश ईवारम
१६.मुरारी भटराई
१७.सुर्य भटराई
१८.नरेन्द्र राई
१९.पुर्ण बहादुर लिम्बु
२०.पदम बहादुर लिम्बु
२१.विनिता बजचार्य
२२. रविन गुरुङ्ग
२३.अनुप देवान
२४.विकास भाटी
२५.सावित्रा परियार
२६.दिनेश गजमेर
२७. श्रृजना नेपाल
२८. देविमाया वि.क.
Discussion about this post