दिल्लिबाट दलमर्दन कामिको मेयर साङ्पाङलाई पत्र

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङ सामाजिक संजाल फेसबुकमा बुद्धि लगा चमारे भन्ने स्टाटस लेखेपछि दलि आयोग समेतको ध्यानाकर्षण भएको छ ।

त्यसैगरी जनता समाजवादी पार्टीमा समेत आवद्ध भएका केन्द्रिय सदस्य तथा जसपा शिल्पि विशेष प्रदेश समिति संयोजक दलमर्दन कामिले एउटा पत्र मेयर साङ्पाङको नाममा पठाएको छ । हाल दलमर्दन कामि उपचारको क्रममा दिल्लिमा छ्न । काठमाडौको थापाथलिमा मेयर बालेन साहले सुकुम्बासीको घरमा डोजर लगाएपछि अनशन बसेका अनसन बस्ने क्रममा यसअघि मुटुको शल्यक्रिया गरेका दलमर्दनको थप उपचारको लागि भनेर भारतको दिल्लि अपोलो हर्ट ईन्स्टिच्युटमा उपचार गराईरहेका छ्न । त्यहिबाट उनले मेयरलाई पत्र लेखेको छ :

मेरा आदरणीय मित्र एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग ज्यु !

हजुर लाई हर्के भन्यो भने अरे यो मान्छेले मलाई किन यसरी हेपेर बोल्यो यसले के भन्न खोजेको भनेर सयौं पटक सोच्न बाध्य हुनुहुनेछ छातीमा हात राखेर बिचार गर्नुस् ।

मुस्लिमहरुले उनीहरुको अन्याय सहन नसकेर लखेटे पछी विभिन्न मुलुक हुँदै भारत बाट ज्यान बचाउन नेपाल आएका नस्लवादी उच्चजातिय अहंकारीहरुले विभिन्न बहानामा राज्यसत्ता कब्जागरि जन्मजात झै शिल्पी इन्जिनियर ईमानदार समुदायलाई सुद्र अछुत तल्लो जात दलित बनाउदै अपमानित पशुभन्दा निच अबस्थामा पुर्याइ आजको २१औं सताव्दीमा समेत पशुवत जीवन जिउन बाध्य छ्न भने तपाइँको जाती समुदायको समेत भासा धर्म सस्कार सस्कृतिको समेत लोपोन्मुख अबस्थामा छ्न ।

यसबेला उत्पीडितहरु मिलेर आफ्नो गुमेको अधिकार प्राप्त गरेर समाज समुदायको संगै भौगोलिक रूपमै पनि देशको बिकाश र समृद्धि गर्नु हामी सबैको कर्तव्य हो।

मेरा प्रिय अनि आदरणीय मित्र अनि सम्मानित धरानको जनताको प्रिय अनि देशको एउटा उदाहरण मेयरको रूपमा परिचीत हुदाहुदै तपाइले बोलेका कति कुराले विवादमा आएको पाएको छु यसले तपाइका समर्थक र म स्वयं पनि अलि दुखित भएको छु।

पछिल्लोपटक कुनै एउटा प्रसङ्गमा “बुद्धि लगा चमारे बुद्धि” भन्ने सब्दले सिङ्गो दलित बनाइएका शिल्पी समुदाय प्रति अपमान भएको महशुस गरिएको छ  । म पुर्ण बिश्वास गर्छु मलाइ बिश्वास छ तपाइँ जातीय छुवाछूत विभेद बिरोधि हुनुहुन्छ तर तपाइले जुन सब्द बोल्नु भो यसले सिङ्गो शिल्पी (दलित) समुदायले अपमानित भएको अनुभुती भएको छ यसर्थ तपाइले आफ्नो बोलिलाइ  सच्याउनु हुनेछ भन्ने बिश्वास लिएको छु भुलबस वा आबेगमा जानअन्जानमा भएको गल्ती महसुस गरेर आत्माआलोचित हुनु लज्जाको विषय हुन्न बरु महानता हो ।

आदरणीय मेयर साब ! मेरो अनुरोध तपाइले यसलाई मनन गर्नुहोला धन्यवाद ।
तपाईंको प्रिय मित्र दल मर्दन कामी न्यु दिल्ली अपोलो हस्पिटल बाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित