ठुलो परिमाणको लागु औषधसहित ६ जना युवा पक्राउ

धरान । इलाका प्रहरी कार्यालय धरानबाट खटिएका धरानका विभिन्न स्थानबाट ठुलो परिमाणको औषधसहित छ जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय धरानले जानकारी दिए अनुसार  पक्राउ पर्नेहरुमा जिल्ला सुनसरी धरान उप-म.न.पा. वडा नं. ३ सदन रोड बस्ने बर्ष ३४ को मन्त्री भन्ने मन कुमार श्रेष्वडा नं. ५ देउराली सिरान बस्ने बर्ष २६ को अमन राई, वडा नं. १४ विजयपुर बस्ने बर्ष २१ को रञ्जित तामाङ, वडा नं. १४ दुईधारे बस्ने बर्ष १९ को नेल्शन याक्खा, बर्ष २० को शाहिल भण्डारी, बर्ष १९ को शेखर परियार रहेको जनाएको छ ।

छ जनाबाट बरामद गरिएका लागु औषधहरु

विषेश सूचनाको आधारमा मन्त्री भन्ने मन कुमार श्रेष्ठको घरकोठामा लागुऔषध लुकाई छिपाई राखेको सुचनाको आधारमा निजको घर खानतलासी गर्दा Phenergan ३२ (बत्तिस) एम्पुल, Diazepam ३९ (उन्चालिस) एम्पुल, Lupigesic ३९ (उन्चालिस) एम्पुल र Avil  ४५ (पैतालिस) एम्पुल गरी जम्मा १५५ (एक सय पचपन्न)‚ Lifeline 5ml लेखिएको प्रयोग नभएको सिरिन्ज थान २‚ ट्रामाडोल १००० ट्याव्लेट, स्पास्पेइन १५०० ट्याव्लेट समेतको लागू औषध बरामद हुन आएकोको इलाका प्रहरीले जनाएको छ । उक्त बरामद लागु औषध मन्त्रीले सेवन र बेचबिखन गर्न ल्याई संचय गरी राखेको जनाएको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागु औषधको कारोबार गर्दै आएका ब्यक्तीहरुको खोजतलास गर्ने क्रममा जिल्ला सुनसरी धरान उप-म.न.पा. वडा नं. ५ देउराली सिरान बस्ने बर्ष २६ को अमन राईलाई निजको घर कोठामा लुकाई-छिपाइ राखेको प्रतिबन्धित औषधी ट्रामाडोल ५०३९ ट्याव्लेट, स्पास्पेइन २६४० ट्याव्लेट सहित पक्राउ गरीएको जनाएको छ । धरान वडा नं. १४ विजयपुर बस्ने बर्ष २१ को रञ्जित तामाङबाट प्रतिबन्धित औषधी स्पास्पेईन २४० ट्याव्लेट र ट्रामाडोल २५० ट्याव्लेट) सहित पक्राउ गरीएको जनाएको छ । धरान उप-म.न.पा. वडा नं. १४ दुईधारे स्थितबाट नेल्शन याक्खा‚ शाहिल भण्डारी र शेखर परियारलाई स्पास्पेइन ८ ट्याव्लेट र ट्रामाडोल ८० ट्याव्लेट सहित पक्राउ गरीएको कुरा इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । पक्राउ परेका निजहरुलाई आवश्‍यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग बिराटनगर पठाईएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित