धरान उपमहानगर कार्यपालिका बैठक पुनः स्थगित

धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक फेरि बस्न नसकि स्थगित भएको छ ।

आज बिहान ८ बजे बोलाएको बैठक बस्न नसकेको कुरा मेयर हर्क साङ्पाङले बताए । आज बस्ने कार्यपालिका बैठकमा नगर सभाको मिति तोक्ने, धरान डे तथा ईष्ट टुरिजम मार्ट मनाउने, बाटोको नामाकरण, ल्याव सामाग्रीको दररेट ,कृषी क्षेत्र कायम गर्ने ,बहु संस्कृतिक पार्क निर्माण गर्ने लगायतको एजेन्डा रहेको कुरा मेयरले बताए ।

धरान उपमहानगर वडा नम्बर १७ स्थित सप्तरंगी पार्कला बहुसांस्कृत्क पार्क नामाकरण गरि धरान भित्र रहेका जातिय संस्थालाई दिएर द्रुत बिकास गर्ने योजना अगाडि सारेका थिए । त्यही बिषयमा कार्यपालिका बैठकमा सदस्यले धारणा राख्ने क्रममा मेयर साङ्पाङ्ले जानुस भनेपछि उत्पन्न बिवादपछि आज बोलाएको बैठक पनि बस्न नसकेको हो । बैठक बस्न नसकेपछि बिषयगत समिति समेत बन्न सकिएको छैन ।

कार्यपालिका बैठक बस्ने भए मेयरले गल्ति स्वीकार गर्नुपर्ने र आईन्दा यस्तो भन्ने हुने छैन भनेर माफि माग्नुपर्ने अडान छ । मेयरले भने आफ्नो गल्ति नभएकोले माफि माग्नुपर्ने कारण नभएको जिकिर गर्दै आएका छ्न । माफि नै नमागे पनि आइन्दा यस्तो हुनेछैनसम्म भनेको खण्डमा बैठक सुचारु हुनेकुरा कार्यपालिका एक सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित